१५ चैत्र २०८० बिहीबार
समाज

पाल्पामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाईते

पाल्पाको निस्दी गाउँपालिका–५, गल्धामा भएको जीप दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ गल्धाको पटकसर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । जीप दुर्घटना हुँदा निस्दी गाउँपालिका–५, गावुडाँडाका ६३ वर्षिय ठाकुर प्रसाद फालको घटना स्थलमै मृत्यु भएको थियो । घटनामा परि घाईते भएका तीन महिने नवजात शिशु सिमोन कालुङको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।  

दुर्घटनामा निस्दी–५ गल्धा, पटकसरका ३८ वर्षिया सुमित्रा सारु, ३६ वर्षिय सेरमती सारु, २० वर्षिय लक्ष्मी सारु र ३७ वर्षिया तिलकुमारी सारु, निस्दी–४, मित्याल झ्यालटुङका २५ वर्षिय सृजना गाहा, निस्दी ४ मित्याल, काफलका २२ वर्षिय विष्णु माया सारु र एक बालक घाइते भएका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताईएको छ । गाडीमा चालक सहित १० जना रहेको स्थानियले जनाएका छन् ।

जीप सडकबाट करिब ७ सय मिटर तल झरेको छ । जीप चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित: २८ श्रावण २०७७ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App