coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भावनात्मक सम्बन्ध हत्यामा परिणत

दाङका कृष्णबहादुर बोहरा आठ महिनाअघि विदेशबाट फर्किएका थिए । परिवारसँगको सम्बन्ध राम्रो नभएका कारण उनी दाङ गएनन् । गोंगबुको एक होटलमा भाडामा बसे । केही समय होटलमै काम गरे । पछि चिनजान बढाउँदै महिलालाई विदेश पठाउने एजेन्ट भएर काम पनि गरे । होटलमा बस्दै गर्दा उनले फेसबुकमार्फत टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने  कल्पना पौडेलसँग चिनजान गरे उनीसँग फेसबुकमा कुराकानी गर्न थाले । पौडेलका श्रीमान् विदेश भएकाले पनि फेसबुकमा उनले बोहरासँग लामै कुराकानी गर्न थालिन् । नजिक हुँदै गएपछि बोहरा पौडेलको कोठामा जान थाले । कोठामा जाने क्रममा बोहराले पौडेलका छोराछोरीलाई खानेकुरा ल्याइदिन्थे । छोराछोरीले पनि बोहरालाई अंकल मान्न थालेका थिए । उता श्रीमान्ले बाहिरी मान्छेलाई कोठामा ल्याएको थाहा पाउलान् भनेर पौडेलले छोराछोरीसँग उक्त कुरा नभन्न आग्रह गर्दै आइरहेकी थिइन् । कोठामा जाने आउने क्रम बढेपछि उनीहरूबीच अन्तरंग सम्बन्ध पनि भयो ।  

प्रहरीका अनुसार बोहरा एक्लै बस्ने भएकाले प्रायः पौडेलको कोठामा आउथे । कहिलेकाही त्यहीँ बस्थे । सम्बन्ध नजिक भएपछि बोहराले आफ्नो स्वार्थका लागि ती महिलालाई प्रयोग गर्न थाले । पौडेलले पनि बोहरासँग पैसा र अन्य सहयोग माग्ने गर्थिन् । सम्बन्ध बिग्रँदै जाँदा आफूलाई असह्य टर्चर दिन र बदनामी गराउन थालेको भन्दै पौडेलले नै बोहराको विभत्स हत्या गरिन् ।  

आइतबार पौडेलले आफ्नै डेरामा बोलाएर षडयन्त्रपूर्वक बोहराको हत्या गरेकी थिइन् । खानपिन सकाएर, दुवैले मदिरा सेवन गरेपछि पौडेलले दहीमा निद्रा लाग्ने ट्याब्लेट मिसाएर बोहरालाई खुवाएकी थिइन् । उनका छोराछोरी अर्को कोठामा थिए । छोराछोरी अर्को कोठामा बसेका बेला पौडेलले घाटीमा पछ्यौरीले कस्नुका साथै अण्डाकोषमा हथौडाले हानेर बोहराको हत्या गरिन् । हत्यापछि उनले शरीर नै लुकाउन खोजिन् । राति नै टाउको खुट्टा र शरीर अलग गरेर आफू बस्ने घर नजिकै सडकमा शव राखेकी थिइन् । प्रहरीले आइतबार बिहान सुटकेसभित्र टाउको बिनाको शव फेला परेको थियो । घटना दर्दनाक देखिएपछि प्रहरीले तालिम प्राप्त कुकुरलाई तत्कालै परिचालन गरी खोजी गरेको थियो । कुकुरले घटनास्थल पहिल्याउँदा प्रहरीलाई अनुसन्धाननजिक पुग्न सहज भयो । सोही क्रममा ३ सय मिटर टाढा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रूपमा खटिएको थियो । प्रहरीले घटनामा संलग्न पौडेललाई चितवनबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनले घटनास्थलबाट धारिलो हतियार, ह्रयामर, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल सेट प्रहरीले बरामद गरेको बताए । उनका अनुसार घटनामा संंलग्न महिलाले आफूले हत्या गरेको स्वीकार गरेकी छन् । उनले आफूलाई ज्यादै मानसिक यातना दिएको र असह्य भएपछि हत्या गरेको बयान प्रहरीसमक्ष दिएकी छन् । ‘अवैध सम्बन्धले यतिसम्म गराउँछ भन्ने गम्भीर घटनाको उदाहरण हो यो, एउटा सम्बन्ध गम्भीर अपराधमा बदलिनु राम्रो होइन,’ उनले भने । हत्यापछि पौडेल आइतबार बिहानै भागेर चितवनतर्फ जाँदै थिइन् । प्रहरीले उनलाई बाटैबाट प्रक्राउ गरेको थियो । पौडेल अहिले परिसरको हिरासतमा छिन् ।

प्रकाशित: २८ श्रावण २०७७ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App