coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरको केमिकल उद्योगमा आगलागी

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ निकोसेरास्थित एक केमीकल उद्योगमा मंगलबार आगलागी भएको छ ।

तुल्सीभक्त श्रेष्‍ठको खाली जग्गामा ब्लकको एकतले फाईबरले छाएको टहरोमा आगलागी भएको हो । बिगत दुई वर्षदेखि युनाईटेड नेपाल केमिकल प्रा.लि. संचालन गरी बस्ने जिल्ला रुपन्देही घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ६ निकोसेरा बस्ने जीवन श्रेष्‍ठको गोदाममा करेन्ट सर्ट भई आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसर भक्तपुरबाट प्र.उ. तारादेबी थापा र वृत ठिमीबाट प्र.ना.उ. ऋषिराम कडेलसहितको प्रहरी टोली, सशस्त्र प्रहरी बल, ललितपुर र भक्तपुरबाट तीन वटा दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त गोदामभित्र रहेको कच्चा पदार्थ सेनिटाइजर, हार्पिक, साबुन, स्याम्पु जस्ता सामानहरु जली नष्‍ट भएको जनाइएको छ । 

आगलागीबाट अन्दाजी ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित: २७ श्रावण २०७७ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App