coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१२ वर्ष अघिको हत्या प्रकरणमा फरार व्यक्ति पक्राउ

१२ वर्षअघि विवाहमा गएका एक जना जन्तीलाई सामान्य निहुँमा छुरा प्रहार गरि हत्या गर्ने दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुनसरी रामधुनी वडा नं. ६ का टाईसन भन्ने निङ्मा दोर्जी शेर्पा र सोही ठाउँका तुलसी चौधरीलाई पक्राउ गरेको हो ।  

शेर्पालाई लुकिछिपी घरमै बसेको अवस्थामा र चौधरीलाई धनुषा ढल्केवरदेखि पिछा गरी सुनसरीकै इनरुवा वडा नं. ४  बस स्टेनबाट प्रक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाईं जिल्ला अदालत सुनसरीमा बुझाएपछि अदालतको आदेशले कैद भुक्तानका लागि झुम्का कारागार चलान गरिएको छ ।  

शेर्पा र चौधरीले २०६४ साल वैशाख २८ गते रातको समयमा साथीको विवाहमा चाँदवेला जन्ती गएका इटहरी एकम्वाका सुरेनकुमार ठाकुरलाई वेहुलीको घरमा स्वयमवरको वेला अगाडि उभिएको निहुँमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका ठाकुरको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।  

घटनालगतै इलाका प्रहरी कार्यालय दुहवीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएर जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गते कैद सजायको फैसला गरेको थियो । कैद सजायको फैसला भएदेखि अहिलेसम्म दुवै जना फरार भएका थिए ।

प्रकाशित: २७ श्रावण २०७७ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App