६ वैशाख २०८१ बिहीबार
समाज

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ।

केही समय अघि उनका ड्राइभर र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको थियो। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मंगलबार उनमा संक्रमण पुष्टि भएको हो। मंगलबार मात्र १३४ जनामा कोरोना पुष्टि भएको थियो।

अख्तियारमा यस अघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। सवारी चालक र सुरक्षाकर्मीमा कोरोना देखिएपछि घिमिरे होम इसोलेसनमा बसेका थिए।  

 

 

प्रकाशित: २७ श्रावण २०७७ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App