४ माघ २०७७ आइतबार
समाज

फरार अपराधी खोज्दै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्ला अदालतले दोषि ठहर गरेका फरार अपराधी खोजीकार्यलाई तीव्र पारेको छ । फरार अभियुक्त खोज्नको लागि कडा अप्रेशन थालेको हो । खोज अनुसन्धानका क्रममा पाँच वर्ष अघिदेखि फरार तीन जना अपराधीलाई पक्राउ गरेको हो ।  

प्रहरी प्रमुख डिएसपी लालबहादुर धामी फरार अपराधी खोजी कार्य तीव्र पारिएको बताउँछन् । उनले भने,‘अपराधी उम्कन नपाउने र निर्दोषले न्याय पाउने गरि अनुसन्धान थालिएको छ । अब फरार अपराधी खोजबिनको कामलाई कडाइका साथ अघि बढाइनेछ । ’

प्रहरीले कृते जालसाज मुद्धामा अपराधी ठहर गरेको तत्कालिन पटमारा २ र हालको पातारासी ७ का ५० वर्षीय जनकबहादुर बुढा,बहुविवाह मुद्धाका अपराधी गज्र्यांकोट ४ का २७ वर्षीय कृष्णप्रसाद अधिकारी र निजको दोस्रो पत्नीलाई प्रहरीले पक्राउ गरेर अदालत समक्ष पेस गरेको हो ।

कृते जालसाज मुद्धाका अपराधी पातारासीका जनकबहादुर बुढालाई २०७२ जेठ १०  जिल्ला अदालत जुम्लाले १ लाख २१ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । उनी हालसम्म फरार थिए ।  

गज्र्यांकोट ४ का २७ वर्षीय कृष्णप्रसाद अधिकारीलाइ बहुविवाह मुद्दामा जिल्ला अदालत जुम्लाले २०७३ साउन २४ गते दोषि ठहर गर्दै फैसला सुनायो । उनलाई पाँच हजार रुपैयाँ जरिवाना ११ महिना ११ दिन कैदको फैसला सुनाएका थियो । अदालतले फैसला गरिसकेपछि पनि फरार उनलाई प्रहरीले पक्राउ गरेको हो ।  

निजकै दोस्रो विवाह गरेकी २२ वर्षकी महिलालाई समेत प्रहरीले पक्रेको छ ।, बहुविवाह मुद्दामा उनलाई पाँच हजार रुपैयाँ जरिवानार एक वर्ष कैदको सजाय सुनाएको थियो ।    

जिल्ला प्रहरी प्रमुख डिएसपी धामी भन्छन्,‘शान्ति सुरक्षा, अमनचयन र अपराध न्युनीकरणमा प्रहरी लागि परेको छ । यो कार्यमा जनताले साथ दिन जरुरी छ ।’ जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रण, मदिरा नियन्त्रणको कार्यलाई प्राथमिकतामा राख्दै आइराखेको छ ।  

पछिल्लो समयमा कोरोना संक्रमण नहुन सचेतनाका काममा समेत लागेको छ ।

प्रकाशित: २७ श्रावण २०७७ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App