७ वैशाख २०८१ शुक्रबार
समाज

रातिदेखि ठूलाे वर्षाको सम्भावना, होसियारी अपनाउन २४ घण्टे चेतावनी

प्रतिकात्मक तस्बिर

आज मंगलबार रातिबाट ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले मंगलबार बिहान जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही  केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

रातिबाट भने वर्षाको मात्र अझ बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ,‘  प्रदेश १,  प्रदेश २, बागमती प्रदेश ,  गण्डकी प्रदेश  र प्रदेश नं ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।’

जसका कारण बाढीपहिरोको जोखिम देखिएकाले सतर्कता अपनाउन भन्दै महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।  

‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  प्रदेश नं ५ , कर्णाली प्रदेश,  गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानमा  भारी वर्षाको समेत सम्भावना देखिएका उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ चेतावनीमा भनिएको छ ।  

विस्तृत जानकारी तलकाे सूचनामा-

बाढीको सम्भावना यस्तो छ

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तह आसपास नै हुने सम्भावना छ ।  

यस्तै कन्काई, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईका केही ससाना सहायक नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने सम्भावना रहेकाले साना नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाकालीमा बाढी बढ्दै, सतर्कता अपनाउन आग्रह

महाकाली नदीअन्तर्गत डडेलधुरास्थित पारिगाउँ मापनकेन्द्रमा बिहान साढे ११ बजे नै जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले डडेलधुरा र  

र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाहरूले बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

तीन दिनसम्मकाे बाढी सम्भावनाबारे जानकारी याे सूचनामा :

प्रकाशित: २७ श्रावण २०७७ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App