१६ चैत्र २०८० शुक्रबार
समाज

आज कृष्ण जन्माष्टमीः श्रीकृष्णको पूजा–आजा गरी मनाइँदैं

आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । देशभर भगवान श्रीकृष्णको पूजा–आजा गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र कृष्ण अष्टमीको दिन (आज) भगवान श्री कृष्णको जन्म भएको थियो ।

त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ । संसारभरका हिन्दु धर्मावलम्बी र भवगन श्री कृष्णका भक्तहरुले आज जन्मदिवस मनाउँदैछन् । नेपालमा पनि देशभरका कृष्ण मन्दिरहरुमा भक्तालुहरु पुगेर पूजा आजा गर्ने गर्दछन् ।

ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि आजको दिन विशेष पूजा गर्ने गरिन्छ । तर काभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर यसवर्ष पाटनस्थित कृष्ण मन्दिर बन्द गरिएको छ । मन्दिरका पूजारी महेशर्धम राजोपाध्यायले मन्दिर भित्र प्रवेश रोक लगाइएको र बाहिर बाटै मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको बताए।

यसदिन महिलाहरु व्रत बसी भगवान श्रीकृष्णको आराधना गर्ने प्रचलन पनि रहेको छ । मन्दिरमा पूजा–आराधना गर्न पुगेका भक्तालुहरु भने पूजा गर्न नपाएकोमा दुखि भएको बताएका छन् । सधैं मेला लाग्ने मन्दिरमा यसवर्ष पूजा गर्न नपाउँदा नरमाइलो लागेको भक्तजनहरुले बताएका छन् ।

कृष्ण जन्माष्टमीको दिन मुलुकभर रहेका श्रीकृष्ण मन्दिरहरुमा पूजा–आराधना, भजनकीर्तन र मेला लाग्ने भएपनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण चहलपहल छैन । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर लगायतका धेरै नामबाट पुकारिएका भगवान श्रीकृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि लिने गरिन्छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचारबाट मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास पनि गरिन्छ।

प्रकाशित: २७ श्रावण २०७७ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App