४ वैशाख २०८१ मंगलबार
समाज

मोटरसाइकल दुर्घटनामा मृत्यु

हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौँडा–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । 

अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले  दुर्घटना भएको हुन सक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए ।

प्रकाशित: २७ श्रावण २०७७ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App