coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोंगबु घटना : दहीमा स्लिपिङ ट्याव्लेट मिसाएर खुवाएपछि हत्या

गोंगबु घटनामा संलग्न आरोपी एक महिलालाई प्रहरीले पक्राउ गरेपछी हत्याको रहस्य खुलेको छ। पक्राउ परेकी कल्पना मुडभरी पौडेलले आफुले पुरुषको हत्या गरेको प्रहरी समक्ष स्वोकारेकी छन्।  

उनले आफुलाई फेसबुक आइडी बनाएर अश्लील फोटो पठाउने र अनेक दु:ख दिने गरेका कारण हत्या गरेको वयान प्रहरीलाई दिएकी हुन्। दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको टाउको र शरीर छुट्टाछुट्टै पारिएको अवस्थामा शव आइतबार गोंगबुमा भेटिएको थियो। उक्त घटनामा संलग्नमाथी प्रहरीले तीब्र अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा संलग्न महिलालाई सोमबार राती चितवनबाट प्रहरीले पक्राउ गरेको थियो।  

मङ्गलबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त घटनाको व्यहोरा सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसएसपी श्यामलाल ज्ञवालीले महिलाले हत्या गरेको स्विकार गरेको बताए। उनका अनुसार महिलाले झुक्याएर दहिमा ५ वटा स्लिपिङ ट्याब्लेट राखेर ख्वाएकी थिईन। त्यसलगत्तै उनले घाँटी थिचेको र अन्डाकोषमा हानेर हत्या गरेको वयान दिएकी छन्। हत्यापछी शव लुकाउनलाई उनले टाउको र शरीर टुक्रा पारेकी थिइन्।

 

प्रकाशित: २७ श्रावण २०७७ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App