१६ चैत्र २०८० शुक्रबार
समाज

बारा र पर्सामा चार जना प्रहरी र चार थुनुवासहित थप ७० जनामा कोरोना पुष्टि

नारायणी अस्पताल वीरगन्जको पिसिआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका ६५ जना र बाराका ५ जनासहित थप ७० जनालाई यहाँ कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सोमवार राति आएको एउटा रिपोर्टअनुसार पर्साका ५२ जना र बाराका ३ जनासहित थप ५५ जनालाई यहाँ कोरोना संक्रमण पुष्टि भएको हो।

अबेर राति आएको अर्को रिपोर्टअनुसार अरु १५ जना संक्रमित थपिए। यसरी पर्सा र बारा गरी वीरगन्जमा पछिल्लो पटक ७० जना संक्रमित थपिएका हुन। नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्ये २२ जना महिला र ४८ जना पुरुष रहेका छन्। संक्रमित हुनेहरुमा ३ वर्षीया बालिकादेखि ८६ वर्षीया बृद्धासम्म रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।  

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका चार जना प्रहरी रहेका छन्। त्यहाँ रहेका चार जना थुनुवामा पनि संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा नेशनल मेडिकल कलेजका ३० र ३१ वर्षीय गरी दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मी गरी तीन जना पनि छन्। उनीहरु नेशनल मेडिकल कलेजकै एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा संक्रमित भेंटिएका हुन्। नारायणी अस्पतालको कर्मचारी आवासबाट ५ वर्षीया बालिकासहित ३ जनामा संक्रमण देखिएको छ।  

वीरगन्ज माहानगरपालिका बिर्ताका ८६ वर्षीया बृद्धासहित ९ जना, छपकैयाका ५ जना र वीरगंज माईस्थानका ३ जना संक्रमित रहेको छन्। वीरगंजबाट फेला परेका अरु संक्रमितहरुमा यहाँको घण्टाघर भानुमार्ग, आदर्शनगर, रामटोल, मुर्ली, रेशमकोठी, भिषुवाका बासिन्दा रहेका छन्। पर्साकै धोबिनी गाउँपालिका –३ का १ जना पनि संक्रमितमा रहेका छन्। त्यसतै बाराको बिश्रामपुर गाउँपालिका –५ इटियाहीका १ जना, पथलैयाका एक जना र कुटुवाका १ जना छन्। बाराकै सिमरा क्वारेन्टाइनका एक जना ४५ वर्षीय पुरुष र निजगढका एक जना सशस्त्र प्रहरी मा पनि कोरोना पुष्टि भएको छ।

 

प्रकाशित: २७ श्रावण २०७७ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App