coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीपहिरोले जनजीवन अस्तव्यस्त

बाढीपहिरोले सुदूरपहाडको जनजीवन अस्तव्यस्त बनाएको छ। आइतबाररातिदेखिको अविरल वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोर नदीहरूमा आएको बाढीले जनजीवन कष्टकर बनाएको हो। बुढीगंगा नदीमा आएको बाढीले बाजुराका बडिमालिका नगरपालिकार गौमुल गाउँपालिकामा ठूूलो क्षति पुु¥याएको छ। घर बग्दा एक महिला बेपत्ता भएकी छन् भने ६३ परिवार विस्थापित भएका छन्।

 बाढीले सयौंरोपनी खेत बगाएको छ। बडिमालिका–२ का वडाध्यक्ष डम्बर महतको घर बगाउँदा उनकी ६५ वर्षीया आमा अइसेनी बेपत्ता भएकी हुन्। बाढीले वडा २, ४र ६ का ३१ परिवार पूूर्ण रूपमा विस्थापित भएका छन् भने ३२ परिवारको घर बगाउँदा उनीहरूलाई नेपालराष्ट्रिय माविर सामुदायिक वनको भवनमाराख्नुका साथै केही परिवारलाई डाँडामा पाल टाँगेरराखिएको बडिमालिकाका निमित प्रमुख प्रशासकीय अधिकृतरंगमल विकले जानकारी दिए।

यस्तै बुढीगंगा नदीले साँफेबगर–मार्तडी सडकअन्तर्गत बनाएको बेलिब्रिजका साथै चारवटा झोलुगें पुलर थुप्रै धानबाली बगाएको छ। बाढीमा दर्जनौं बाख्रार गाईभैंसी बगेका छन्। लगातारको वर्षाले साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरादेखि तिपाडासम्म ठाउँठाउँमा पहिरो गएपछि सडकमा अवरोध भएको हो। सडकमा पुगेको क्षतिका कारण यातायातका साधन तथा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ। पहिरोले बुढीगंगा नगरपालिका–१ अम्कोटमा सडक नै तहसनहस हुनेगरी बिगारेको बाजुराका प्रजिअ कृष्ण गैरेले बताए। यातायात बन्द भएपछि सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्लार मुगुको आवागमनमा समस्या हुने भएको छ। सडक अवरोधपछि ती क्षेत्रमा दैनिक उपभोग्य सामान तथा औषधिको अभाव भएको छ।

बझाङमा पनि लगातारको वर्षाले सडक अवरुद्ध भएको छ। जयपृथ्वीराजर्मागअन्तर्गत जालेबगरमा २५ मिटर सडक बगाउँदा यातायात बन्द भएको छ यस्तै सेतीमा आएको बाढीले पुरानो भोपुर ब्यारेक वरपरको खेतमा लगाएको धानबाली बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अछाममा पनि पहिरोले समस्या निम्त्याएको छ।रामारोशनमा गाउँपालिकामा एक सय तीन घरपरिवार विस्थापित भएका छन्।रामरोशन–५ अल्लेडीका ५७,रामारोशनका सात, वडा ४ बाटुलासैनका १६, वडा ६ भाटाकाटियाका दुईर अन्य वडाका सहित १ सय ३ परिवार प्रभावित भएका हुन्।

बाढीपहिराले गाउँपालिकाका सयौंरोपनी खेतीयोग्य जमिनलाई बगर बनाएको छ।रामारोशन क्षेत्रका ६ झोलुंगे पुल, पाँच जलविद्युत् परियोजना, ३० भन्दा बढी पानीघट्ट, खानेपानीका १ब्ल्म्एभ्च्४४लदकउसमुहानर ६ वटा सिँचाइ कुलो पूर्ण रूपमा क्षति पुगेको बताइएको छ। डोडी, बैतडीर दार्चुलामा वर्षाले ग्रामीण सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाले कच्ची सडकमा यातायात नचल्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ। जिल्लामा प्रायः दैनिक भइरहेको वर्षात्का कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्। वर्षात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ। यहाँका दर्जनौं ग्रामीण सडकर गाउँका घोडेटो बाटोसमेत अवरुद्ध हुँदा ग्रामीण क्षेत्रको आवतजावतरोकिएको हो। वर्षात्का कारण जिल्लाका सिलगढी झिग्राना, मौवा, मेल्लेक, केआइसिंह, वायल, कपल्लेकी, गड्सेरा, मुड्भारा धुर्कोट, चवराचौतारा, नापानी, जोरायल गड्सेरा, बिपीनगर गड्सेरा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुखरमेशबहादुर शाहीले जानकारी बताए।

बैतडीको दुदिलाखान–गाजरी, ढोल्यामोड–हाट, सिल्लेगाडा–विजयपुर लगायतका सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाले यहाँका सडकहरू हिलाम्मे भएसँगै सवारीसाधन गुड्न सकेका छैनन्। यहाँका सडकहरूमा बर्खा सुरु हुनासाथ पहिरो खस्नेर यातायात सञ्चालनमा समस्या आउने गरेको छ। दार्चुलाका पनि अधिकांश ग्रामीण सडक अवरुद्ध छन्।

प्रकाशित: २७ श्रावण २०७७ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App