coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डोटीमा घर भत्किदा आमा र छोराछोरीसहित एकै परिवारका चार जनाको मृत्यु

चार जना गम्भीर घाइते

आदर्श गाउँपालिका–१ मा गएराति भत्किएकाे घर। तस्वीरः अरूण बम

डोटीको आदर्श गाउँपालिका–१ मा गएराति घर भत्किदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु भएको छ। चारजना गम्भिर घाइते भएका छन्। आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राति करिब १ बजेतिर भत्किएको हो। 

घर भत्कदा घरमा सुतिरहेका  लुहारकी श्रीमती २६ वर्षिया विष्ना लुहार, १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी कटीको मृत्यु भएको हो।

घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाइते भएको आदर्श गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बमबहादुर खड्काले जानकारी दिए।

घाइतेहरुलाई उपचारका लागि दिपायल ल्याइदै छ। घटनास्थलमा अहिले प्रहरी पुगेर उद्धार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७७ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App