६ आश्विन २०७७ मंगलबार
समाज

न्यायाधीशमा कोरोना संक्रमण भएपछि अदालत बन्द

मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको छ।  न्यायाधीशलाई सोमबार संक्रमण पुष्टि भएपछि अदालतको काम कारबाही ७२ घण्टाका लागि बन्द गरिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए। न्यायाधीशमा कोरोना भाइरसको शंका लागेपछि आइतबार उनको स्वाब संकलन गरिएको थियो।  

जिल्ला अदालतमा आठ जना न्यायाधीश भए पनि ७ जना विराटनगर बाहिर रहेको हुँदा एक जना न्यायाधीशबाट काम हुँदै आए पौडेलले बताए। ती न्यायाधीश पनि कोरोना भाइरस संक्रमित भएपछि अदालतको काम प्रभावित हुने भएको छ।  

‘सोमबार उहाँको रिपोर्ट कोरोना पोजेटिभ आयो र तत्काल ७२ घण्टाका लागि अदालतको सम्पूर्ण काम कारबाही बन्द गरेका छौं,’ सूचना अधिकारी पौडेलले भने, ‘संक्रमण पुष्टि भएसँगै न्यायाधीशसँग सम्पर्कमा रहेका ४० जनाको स्वाब परीक्षण गर्ने छौं।’ सोमबार ७ जनाको मात्रै स्वाब नमुना संकलन गरिएको र बाँकी ३३ जनाको मंगलबार संकलन गरिने, पौडेल बताए।

 

प्रकाशित: २६ श्रावण २०७७ १९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App