१६ चैत्र २०८० शुक्रबार
समाज

खोटाङमा थप एक जनामा कोरोना संक्रमण

खोटाङका थप एक जनालाई कोरोना संक्रमण भएको पूष्टी भएको छ। जिल्ला कोरोना संक्रमितमुक्त भएको हप्ता दिनपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका २६ वर्षीय युवालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो। रोजगारीका सिलसिलामा भारतको गुजरातबाट घर फर्कनेक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटस्थित क्वारेन्टीनमा राखिएका युवालाई सोमबार कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए।

 विदेशबाट आएका, क्वारेन्टीनमा बसेका स्थानीयका लागि खाना तयार पार्ने र खाना पु¥याइदिने काम गरिरहेका तथा बिदामा घर पुगेर आएका स्वास्थ्यकर्मी र ईन्जिनियर गरी २३ जनाको स्वाव पिसिआर परिक्षणमा पठाइएकामा एक जनालाई संक्रमण भएको पूष्टी भएको हो। उनीहरुको पिसिआर परिक्षणका लागि बिहिबार स्वाव संकलन गरेर प्रादेशसिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो। भँडारेघाटस्थित क्वारेन्टिनमा राखिएका ५ जनामध्ये उनलाई संक्रमण भएको पुष्टी भएपछि अन्य ४ जनाको पुनः स्वाव संकलन गरी पीसीआर गरिने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। संक्रमितलाई उपचारका लागि पठाउने तयारी भइरहेको छ।  

गत साउन १९ गते बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुष निको भएर घर फर्किए सँगै जिल्ला संक्रमितमुक्त बनेको थियो। हालसम्म जिल्लाका १२ जना संक्रमितले कोरोना जितिसकेका छन्। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन्।

प्रकाशित: २६ श्रावण २०७७ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App