८ आश्विन २०७७ बिहीबार
समाज

एककिलो गाँजासहित दुई पक्राउ

प्रहरीले एककिलो २ सय ग्राम लागूऔषध गाँजा सहित दुईजना युवालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा महानगरपलिका–१० शिवमार्गबाट आइतबार दुईजना युवालाई १ किलो २ सय ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका–४ बाङगेश्वारा घर भई हाल पोखरा महानगरपलिका–१० शिवमार्ग बस्ने २० वर्षीय जीतबहादुर बिक र धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुर घर भई  पोखरा –१० बस्ने २३ वर्षीय  रोहित घले रहेका छन्।  

पोखरा महानगरपालिका–१० शिवमार्गमा केही व्यक्तिले लागुऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

प्रकाशित: २६ श्रावण २०७७ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App