८ वैशाख २०८१ शनिबार
समाज

वाग्मती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर र पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा पर्ने पूर्व–पश्चिम(महेन्द्र) राजमार्गको दायाँ–बायाँ पाँच–पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसको आधारमा जिल्ला सुरक्षा समिति मकवानपुरको सोमबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलन सक्ने जोखिम देखिएको भन्दै यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने जनाएको छ।  

मकवानपुरमा कोरोना भाइरस संक्रमितको सख्या ८३ जना पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार मकवानपुरमा दोश्रोचरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमा नै रहेका छन्।

मकवानपुरमा आईतबार सबैभन्दा धेरै २३ जना कोरोना संक्रमित पुष्टि भएपछी सामाजिक संजालमा लकडाउन गर्नुपर्ने आवाज उठाएका थिए। यसअघि सबैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएका रहेका थिए।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमित धेरै बढेका छन्। यसअघि भने भारत लगायतका विभिन्न देशबाट नेपाल फर्किएकामा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन्। त्यस्तै, मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखा परेका छन्।

हेटौंडा उपमहानगरपालिका १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा संचालित प्रादेशिक प्रयोगशालामा आईतबार गरिएको एक सय ४१ जनाको परिक्षणमा मकवानपुरका २३ जनासहित ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 

प्रकाशित: २६ श्रावण २०७७ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App