१५ चैत्र २०८० बिहीबार
समाज

आज दिउँसाे र राति यी प्रदेशमा ठूलाे वर्षाको सम्भावना

आज सोमबार पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।  

यसैगरी राति पनि देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।  

सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ- उक्त स्थानमा (वर्षा हुने) का नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

हेर्नुहाेस्, तीन दिनसम्मकाे वर्षाकाे सम्भावना 

 

बाढीको सम्भावना कस्तो छ ?

वर्षासँगै देशका विभिन्न स्थानमा बाढीको आउने सम्भावना पनि रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले सोमबार बिहान जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज सोमबार नारायणी, कर्णाली, महाकालीका सहायक नदीमा बहाव बढ्ने, केहीमा जलसतह सतर्कता तहसम्म पुग्ने सम्भावना छ ।

यसैगरी आज कान्द्रा, मोहना, खुट्टिया, मछेली, स्याउली, चौधरलगायत बाँके, बर्दिया, डोटी, अछाम, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, कालिकोट भई बहने साना नदीमा बहाव बढ्ने र प्रायःमा जलसतह सतर्कता चिह्ननजिक हुने र केहीमा खतरा तहसम्म पुग्न सक्ने सम्भवना छ ।  

विस्तृत जानकारीका लागि तलकाे सूचना हेर्नुहाेस्-

प्रकाशित: २६ श्रावण २०७७ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App