६ चैत्र २०८० मंगलबार
समाज

बुढीगंगामा बाढी, एक जना बेपत्ता

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै बुढीगंगा नदीमा आएको बाढीले बाजुराको मालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठूूलो क्षति  पुु¥याएको छ । बुढीगंगा नदीको बाढीले घर बगाउँदा बडिमालिका नगरपालिका दुईका वडा अध्यक्ष डम्मर महतकी ६५ वर्षीय आमा अइसेनी बेपत्ता भएकी छिन् । बाढीले दर्जन बढी घर र झोलुङ्गे पुल बगाएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।  

बाढीले जिल्लाका घागर, भौनेरा, राप्कालगायतका क्षेत्रमा दर्जनौ घर बगाएको प्रारम्भीक जानकारी प्राप्त भए पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ । निरन्तर वर्षा भइरहेकाले पानीको बहाव घट्न सकेको छैन । उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बाढीले साफेँ–मार्तडी सडक अन्तरगत बुढीगंगा नदी माथि बनाएको बेलिबिज्र समेत बाढीले बगाएको छ।

प्रकाशित: २६ श्रावण २०७७ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App