७ वैशाख २०८१ शुक्रबार
समाज

उपचार नपाएर ज्यान गुमाउँदै

निषेधाज्ञा तोडेर प्रदर्शन

कोरोना संक्रमणको जोखिमका बीच अस्पतालले भर्ना लिन नमान्दा सामान्य बिरामीहरूले अकालमै ज्यान गुमाउने क्रम बढेको छ। उपचार प्रयासमा भौंतारिँदा त्यस्ता बिरामीका परिवारजन पनि अनेकौं कठिनाइ भोग्न बाध्य छन्। सम्पत्ति हुनेहरूले हेलिकोप्टर चार्टर गरेर काठमाडौंलगायतका सुविधासम्पन्न अस्पतालमा पु¥याएर बिरामीको उपचार गराइरहेका छन्। भाग्यमानीहरू संयोगले जोगिएका छन्।

 एकातिर अस्पतालले दुत्कार्दा अर्कोतिर भाग्यको साथ नपाउँदा विकल्पहीन  बनेका डेढ दर्जनभन्दा बढी बिरामीले वीरगन्ज आसपासमा मात्र मृत्यु अँगालिसकेका छन्। अस्पतालबाट हुने अनपेक्षित व्यवहारको पछिल्लो सिकार वीरगन्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया विष्णु लामा बनिन्। आधा दर्जन अस्पताल चहार्दा पनि उपचार नपाएर शनिबार बिहान उनले ज्यान गुमाएकी हुन्। तीन दिनदेखि ज्वरो आइरहेपछि उनलाई शुक्रबार राति १० बजे अस्पताल लगिएको थियो। वीरगन्जका विभिन्न सरकारी, निजी र शिक्षण अस्पतालसम्म धाउँदा पनि कुनैले भर्ना नलिएको विष्णुका आफन्तजनले बताए। उपचार पाइने आसमा उनीहरू बिर्तास्थित एडभान्स मेडिकेयर अस्पताल, भानुमार्गस्थित भवानी अस्पताल, पावरहाउस चोकस्थित तराई अस्पताल, गण्डकस्थित नारायणी वयोधा अस्पताल, भेडियाहीस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पताललगायतसम्म पुगेका थिए। तर अस्पताल गेटबाटै उनीहरू फिर्ता पठाइए।  

छिमेकी अजित भुजेलले यस घटनाबारे सामाजिक सञ्जालमा लेखेपछि जनता समाजवादी पार्टीका पर्सा सचिवसमेत रहेका सामाजिक अभियन्ता तवरेज अहमदले चासो देखाए। उनले मेडिकल सुपरिटेन्डेन्टलाई फोन गरे तर उठेन। अस्पतालमा भर्नाका लागि उनी आफैं अस्पतालसम्म पुगे। नारायणीले आफ्नै मातहतमा सञ्चालन भइरहेको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना विशेष अस्पताल लैजान सल्लाह दियो। ‘हामी वीरगन्ज हेल्थ केयर पुग्दा रातिको साढे १ बजिसकेको थियो,’ अहमदले भने ।

त्यहाँ पनि कोरोना विशेष अस्पताल भएकाले संक्रमण पुष्टि भएकालाई मात्र भर्ना लिने भनियो। एकजनाले गण्डक अस्पताल लैजान सल्लाह दिए,’ अहमदले भने, ‘मैले गण्डक अस्पतालका संयोजक डा। उदयनारायण सिंहलाई फोन गरें। उनी भर्ना लिन तयार भए। राति २ बजेतिर उक्त अस्पतालमा पु¥यायौं। तर ढिलो भइसकेको थियो।’ त्यहाँका चिकित्सकले राति २ बजेर १० मिनेट जाँदा बिरामीको मृत्यु भइसकेको घोषणा गरे। यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै बिरामीलाई उपचार नगरी फिर्ता नपठाउन निर्देशनसमेत दिएको थियो। तर उक्त निर्देशनको अवज्ञा हुँदै आएको छ।  

अस्पतालले भर्नाका लागि इन्कार गर्दा उपचार अभावमा वीरगन्ज–१४ श्रीपुरका ६४ वर्षीय चलितर महतोले पनि केह िदिनअघि मात्र अकालमै ज्यान गुमाउनुपरेको थियो। वीरगन्जको नेसनल मेडिकल कलेजले भर्ना लिन नमान्दा कलेजकै गेटमा बिहीबार बिहान उनको मृत्यु भएको हो। भर्ना नलिएकै कारण उनको मृत्यु भएको भाइ शम्भु महतोले बताए। मेडिकल कलेजको गेटमै सुरक्षा गार्डले ‘एमडी साहेब’ ९प्रबन्ध निर्देशक० ले भनेपछि मात्रै भित्र जान दिने भन्दै रोके,’ शम्भुले भने, ‘दाइलाई कोरोना नभएको रिपोर्ट देखाउँदा पनि भर्ना गराउन सकिएन। आधा घन्टासम्म बिन्ती ग¥यौं तर केही लागेन।’ पिसिआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर अस्पतालले त्यसको कुनै पर्वाह नराखेको उनले बताए।

बुधबार राति चलितरको दिसामा रगत देखिएको थियो। पछि श्वासप्रश्वासमा समस्या भयो। अर्को दिन बिहानै परिवारजनले मेडिकल कलेज लिएर गएका थिए। त्यसअघि हल्का ज्वरो र खोकी लागेपछि महतोलाई मेडिकल कलेजमै लिएर जाँदा पिसिआर जाँचको रिपोर्ट लिएर आउनू भन्दै फर्काइएको थियो। साउन ११ र १५ गते पिसिआर परीक्षण गराउँदा महतोको दुईपटक नै रिपोर्ट नेगेटिभ आएको थियो। तर ती रिपोर्ट उपचारका लागि अस्पतालमा प्रवेश पाउने आधार बन्न सकेनन् र उनले त्यहाँको गेटमै अन्तिम सास लिए।  

त्यस्तै वीरगन्ज–६ माईस्थानका ७० वर्षीय राजेश्वर गुप्ताको १४ गते मृत्यु भयो। पछि पिसिआर परीक्षणले उनमा कोरोना संक्रमण पुष्टि ग¥यो। तर अस्पतालले बेलैमा उपचार नदिएकाले उनको ज्यान गएको परिवारजनको आरोप छ। वीरगन्ज–३ का जोखु साह सोनारको मृत्यु पनि उपचारको अभावले भएको उनका आफन्तसमेत रहेका सोही वडाका अध्यक्ष बैजु स्वर्णकारले बताए। सोनारको पनि पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो।

उनले थपे, ‘त्यहाँ पनि कोरोना विशेष अस्पताल भएकाले संक्रमण पुष्टि भएकालाई मात्र भर्ना लिने भनियो। एकजनाले गण्डक अस्पताल लैजान सल्लाह दिए। मैले गण्डक अस्पतालका संयोजक डा। उदयनारायण सिंहलाई फोन गरें। उनी भर्ना लिन तयार भए। राति २ बजेतिर उक्त अस्पतालमा पु¥यायौं। तर ढिलो भइसकेको थियो।’ त्यहाँका चिकित्सकले राति २ बजेर १० मिनेट जाँदा बिरामीको मृत्यु भइसकेको घोषणा गरे। यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै बिरामीलाई उपचार नगरी फिर्ता नपठाउन निर्देशनसमेत दिएको थियो। तर उक्त निर्देशनको अवज्ञा हुँदै आएको छ।  

अस्पतालले भर्नाका लागि इन्कार गर्दा उपचार अभावमा वीरगन्ज–१४ श्रीपुरका ६४ वर्षीय चलितर महतोले पनि केह िदिनअघि मात्र अकालमै ज्यान गुमाउनुपरेको थियो। वीरगन्जको नेसनल मेडिकल कलेजले भर्ना लिन नमान्दा कलेजकै गेटमा बिहीबार बिहान उनको मृत्यु भएको हो। भर्ना नलिएकै कारण उनको मृत्यु भएको भाइ शम्भु महतोले बताए। मेडिकल कलेजको गेटमै सुरक्षा गार्डले ‘एमडी साहेब’ ९प्रबन्ध निर्देशक० ले भनेपछि मात्रै भित्र जान दिने भन्दै रोके,’ शम्भुले भने, ‘दाइलाई कोरोना नभएको रिपोर्ट देखाउँदा पनि भर्ना गराउन सकिएन। आधा घन्टासम्म बिन्ती ग¥यौं तर केही लागेन।’ पिसिआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर अस्पतालले त्यसको कुनै पर्वाह नराखेको उनले बताए।

बुधबार राति चलितरको दिसामा रगत देखिएको थियो। पछि श्वासप्रश्वासमा समस्या भयो। अर्को दिन बिहानै परिवारजनले मेडिकल कलेज लिएर गएका थिए। त्यसअघि हल्का ज्वरो र खोकी लागेपछि महतोलाई मेडिकल कलेजमै लिएर जाँदा पिसिआर जाँचको रिपोर्ट लिएर आउनू भन्दै फर्काइएको थियो। साउन ११ र १५ गते पिसिआर परीक्षण गराउँदा महतोको दुईपटक नै रिपोर्ट नेगेटिभ आएको थियो। तर ती रिपोर्ट उपचारका लागि अस्पतालमा प्रवेश पाउने आधार बन्न सकेनन् र उनले त्यहाँको गेटमै अन्तिम सास लिए।  

त्यस्तै वीरगन्ज–६ माईस्थानका ७० वर्षीय राजेश्वर गुप्ताको १४ गते मृत्यु भयो। पछि पिसिआर परीक्षणले उनमा कोरोना संक्रमण पुष्टि ग¥यो। तर अस्पतालले बेलैमा उपचार नदिएकाले उनको ज्यान गएको परिवारजनको आरोप छ। वीरगन्ज–३ का जोखु साह सोनारको मृत्यु पनि उपचारको अभावले भएको उनका आफन्तसमेत रहेका सोही वडाका अध्यक्ष बैजु स्वर्णकारले बताए। सोनारको पनि पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो।

निषेधाज्ञा तोडेर प्रदर्शन

उपचार अभावमा बिरामीको मृत्यु भएपछि निषेधाज्ञा भंग गर्दै वीरगन्जका सर्वसाधारण आइतबार सडकमा उत्रिएका छन्। कोरोनाबाहेकका सामान्य बिरामीलाई अस्पतालले उपचारका लागि भर्ना नगरेपछि उनीहरूले त्यसविरुद्ध बिहान १० बजेदेखि प्रदर्शन थालेका हुन्। प्रदर्शनकारीले नारायणी अस्पतालमा ढुंगामुढा सुरु गरेपछि त्यसलाई रोक्न प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। दिउँसो ११ बजेतिर अस्पताल अगाडि केहीबेर झडप नै भएको थियो।

प्रदर्शनमा पर्साका प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टविरुद्ध प्रदर्शनकारीले चर्का नाराबाजी गरेका थिए। प्रदर्शनकारीको ढुंगा प्रहारबाट नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा। उदयनारायाण सिंहको बा१२च ६९६६ नम्बरको कारमा क्षति पुगेको छ। सर्वसाधारण सडकमा ओर्लिएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र चिकित्सकहरू तथा स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीबीच समस्या समाधानका लागि बैठक बसेको थियो। ओपिडी सेवा नियमित गर्ने, सबैखाले बिरामीलाई भर्ना लिने, कोरोना संक्रमण देखिने बिरामीलाई कोभिड अस्पताल पठाउने र पिसिआरको परीक्षण रिपोर्ट छिटो प्रदान गर्नेजस्ता विषयमा छलफल र निर्णय भएको बैठकमा सहभागी पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

प्रकाशित: २६ श्रावण २०७७ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App