८ वैशाख २०८१ शनिबार
समाज

अवैध तेजपत्ता बोकेका दुईवटा ट्याक्टर नियन्त्रणमा

नियन्त्रणमा लिइएका ट्याक्टर । तस्बिरः महेश्वर

अवैध ट्याक्टर बोकेर आउँदै गरेका दुईवटा ट्याक्टर सदरमुकामदेखि प्रहरीले नियन्त्रणमा लिएको छ । ७ सय किलोग्राम तेजपत्ता र १ सय बोरा तेजपत्ताको बोक्रासहित स १ त ६४९५ र स १ त ५४०९ नं. का ट्याक्टर आइतबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

उदयपुरगढीको नेपालटार बजारदेखि अवैध वनस्पतिजन्य सामग्री बोकेर गाईघाट ल्याउँदै गरेको भन्ने सुराकीको आधारमा खटेको प्रहरी टोलीले गाईघाटस्थित पिपलचोकमा भेटेर सोधीखोजी गर्दा कानुनी आधार प्रमाण नभेटेपछि सामान र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तेजपातसँगै प्रहरीले दुवै ट्याक्टरका चालकलाईसमेत पक्राउ गरेको छ । पक्राउ पर्ने चालकहरु रौतामाई गाउँपालिका ७ का २३ वर्षीय हरिबहादुर मगर र रौतामाई २ का २३ वर्षकै नरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए । सामानसहित ट्याक्टर र चालकको बारेमा अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन् ।

प्रकाशित: २५ श्रावण २०७७ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App