१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा गर्भवती महिलामा कोरोना पुष्टी

बैतडीकी एक गर्भवती महिलामा कोरोना पुष्टी भएको छ। पाटन नगरपालिका–३ की १९ वर्षीय महिलामा कोरोना पुष्टी भएको स्वास्थ्यकार्यालय बैतडीका कोभिड –१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकीतीमहिलाको यही साउन २३ गते स्वाब संकलन गरिएकोमा आइतबार कोरोना पुष्टी भएको हो। कुनै ट्राभल हिस्ट्री नभएकामहिलामा कोरोना पुष्टी भएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ।

अहिले तीमहिलाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। स्क्रब टाइफस भएपछि तीमहिलालाई अस्पताल पु¥याइएकोहो। संक्रमितमहिलाकाश्रीमानसंगै रहेका उनको धनगढीमै स्वाब संकलनहुनेछ भने अन्य घरपरिवारका सदस्यहरुको पनि स्वाब संकलन गरिने बताइएको छ।  

प्रकाशित: २५ श्रावण २०७७ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App