१५ चैत्र २०८० बिहीबार
समाज

मजदुरका लागि क्वारिन्टिन र आइसोलेसन बनाउन निर्देशन

सुनसरीका मुख्य शहरी क्षेत्रमा  समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढ्दो भएकाले साउनभर नै निषेधीत क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ। यसअघि पहिलो चरणमा जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका बुधबार राति १२ बजेदेखि साउन २६ गतेसम्म जिल्लाभर निषेधित क्षेत्र घोषणा गरेको थियो। तर, संक्रमितको वृद्दिदर तिब्र भइरहेकाले गर्दा निषेधीत क्षेत्र साउनभर थप गर्ने निर्णय गरिएको हो।  

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार आइतबार बसेको बैठकले जिल्लाभर कोरोना संक्रमितको संख्या बढीरहदा स्थिती नियन्त्रण बाहिर जान नदिनका लागि साउनभर नै निषेधीत क्षेत्र कायम राख्ने निर्णय गरिएको हो।  

निषेधित क्षेत्र भर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुनेछन्।  सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाइने भएको छ।  

सरकारी कार्यालय, बैक तथा वित्तिय संस्था, उद्योगलगायत खुल्ला रहने प्रजिअ पोखरेलले बताए। सुनसरी औद्योगिक कोरिडोर क्षेत्रमा कामदार समेत कोरोना संक्रमित हुन थालेपछि क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित उद्योगलाई सकुर्लर गरेको पोखरेलले जनाए।

कोरोना नियन्त्रणका लागि संघीय सरकारले बनाएको कार्यविधिमा क्वारेन्टाइन बनाउन स्थानीय तह र आइसोलेसनको जिम्मा प्रदेश सरकारलाई दिएको छ। तर, थाम्नै नसक्ने गरि कोरोना संक्रमित बढीरहँदा उद्योगका मजदुर धेरै हुनाले गर्दा अलगै व्यवस्था गर्न भनिएको प्रजिअ पोखरेलले जनाए।  

सुनसरीको दुहवी र इटहरी क्षेत्रमा रिलायन्स, अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक, सनराइज पेपर मिल, एशियन थाइफुड, अन्नपूर्ण जुत्ता चप्पल उद्योग, ओम प्लाई उडलगायतका थ्रपै उद्योगमा काम गर्ने कामदारको संख्या ठूलो  छ। उद्योगमा काम गर्नेबाहेक दैनिक ज्याला मजदुरीको रुपमा काम गर्नेको संख्या पनि ठूलो छ।  

सुनसरी–मोरङ् औद्योगिक कोरिडोर क्षेत्रमा पाँच सय भन्दा वढी साना तथा ठूला उद्योग सञ्चालनमा छन्। यी उद्योगका कामदारमा कोरोना संक्रमण फैलिए स्थिती नियन्त्रणमा लिन असहज हुने भएकाले गर्दा बेलैमा क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न सकुर्लर गरिएको सुनसरीका प्रजिश पोखरेलले बताए।  

 

प्रकाशित: २५ श्रावण २०७७ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App