coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगन्जको चार किल्ला सिल

कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि नेपालगन्ज उपमहानगरपालिकाको केही स्थानलाई सिल गरिएको छ। नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोकसम्म, गणेशमान चोकदेखी चारबाहिनी चोक, पिपल चौतारा हुदै बाँके गाउँसम्म, बाँकेगाउँदेखी रिङ रोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको क्षेत्रलाई शनिबार राति १२ बजेदेखी शिल गरिएको हो।  

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी मंगलबार राती १२ बजेसम्मका लागि सिल गर्ने निर्णय गरेको थियो। स्थानीय प्रशासनले यही साउन २७ गते राति १२ बजेसम्मका लागि स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शववाहन, दमकल बाहेकका सम्पूर्ण सवारी साधन, पसल ब्यवसाय सञ्चालन र हिडडुलमा समेत पूर्णतया निषेध (सिल) गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए। समुदाय स्तरमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा नआए निषेधाज्ञाको समय अझै थप गरिने उनी बताउँछन्। सिल गरिएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बाक्लो मात्रामा परिचालन गरिएको छ। स्थानीय प्रशासनले यसअघि बाँके जिल्लाभर साउन १७ गते राति १२ बजेदेखी साउन २४ गते राति १२ बजेसम्मसम्म जारी गरिएको निषेधाज्ञालाई पनि यथावत राख्दै आगामी मंगलबारसम्म जारी राख्ने जनाएको छ।  

स्वास्थ्य कार्यालय बाँकेको शनिबार बेलुकी सम्मको तथ्यांक अनुसार हाल १ सय ११ पुरुष र ५५ महिला गरी कुल १ सय ६६ जना संक्रमित आइसोलेसनमा बसिरहेका छन्। हालसम्म १३ हजार ४ सय ९९ जनाको स्वाब परीक्षण गरिएकोमा ५ सय ६९ जनाको रिपोर्ट पोजेटिभ र १२ हजार ६ सय ४० जनाको रिपोर्ट नेगेटिभ तथा २ सय ९० जनाको रिपोर्ट जाँच प्रक्रियामा रहेको छ। अहिलेसम्म कुल ४ सय १० संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्, भने दुई जनाको मृत्यु भएको कार्यालयका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। भेरी अस्पतालमा गरिएको पिसिआर रिपोर्ट अनुसार शनिबार बाँकेमा २० जना संक्रमित थपिएका छन्। यसअघि शुक्रबार बाँकेका ४९ जना ब्यक्ति संक्रमित भएका थिए। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि समुदाय स्तरमा फैलिएको कोरोना नियन्त्रण बाहिरै रहेको छ।  

 

प्रकाशित: २५ श्रावण २०७७ ०५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App