७ वैशाख २०८१ शुक्रबार
समाज

चट्याङ लागेर गुल्मीमा एकको मृत्यु

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्ग घर भएका वर्ष ३९ का कमल भण्डारीको शनिबार राति चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिएका छन्।  

शनिबार राति ८ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा भण्डारीलाई चट्याङले हान्दा उनको घटनास्थलमै ज्यान गएको हो। घटनाको जानकारी पाएपछि आईतबार बिहानै ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी टोली घटना स्थलमा जाँदै गरेको बताईएको छ। प्रहरी टोली घटनास्थलमा पुगेपछि मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याईने प्रहरी निरीक्षक रावलले बताए।  

 

प्रकाशित: २५ श्रावण २०७७ ०५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App