कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै दोस्रो पटक अनसन बसेका 'इनफ इज इनफ' अभियानका अभियन्ता ईः ले २३ दिनपछि अनसन तोडेका छन्। कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि आइतबार ईः ले अनसन तोडेका हुन्।
सरकार र ई बिच दोस्रो पटक सहमति भएको छ। यसअघि पनि सरकार र ईः समूहबीच सम्झौता भएको थियो। तर सम्झौता कार्यान्वयनमा सरकारले चासो नखिएको भन्दै ईः ले पुनः अनसन सुरु गरेका थिए।
इनफ इज इनफ समूहले सरकारविरुद्ध निरन्तर खबरदारी गर्दै आएको छ। कोभिड नियन्त्रणमा सरकार उदासिन भएको भन्दै उक्त समूहले सरकारविरुद्ध शाान्तिपूर्ण प्रदर्शन समेत गर्दै आएको छ।
प्रकाशित: २५ श्रावण २०७७ ०३:५७ आइतबार