४ वैशाख २०८१ मंगलबार
समाज

उपत्यकामा संक्रमणको ‘रेड सिंग्नल’

लकडाउन अन्त्य भएयता कोरोना संक्रमण दु्रत गतिमा फैलिरहेको भन्दै नियन्त्रण गर्ने उपाय नागरिककै हातमा रहेको सरुवा रोगविशेषज्ञले बताएका छन्। भारतबाट आउने मजदुरका कारण प्रदेश २ मा तीव्र रूपमा फैलिरहेको कोरोनाको प्रकोप अब काठमाडौं उपत्यका र अन्य जिल्लामा समेत देखिन थालेकाले समयमै हरेक नागरिकले नसोचे यसले छिट्टै महामारीको रूप लिने शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोगविशेषज्ञ डा। अनुप बास्तोलाले बताए ।  

‘सरकारले लगाएका नियम सबै नागरिकले पालना गरेको देखिँदैन, यो लापरबाहीले काठमाडौं उपत्यकामा छिट्टै महामारीको रूप लिन सक्छ,’ उनले भने। डा। बास्तोलाको अनुभवमा अहिले अस्पतालमा परीक्षण गराउनेमध्ये धेरै प्रदेश २ र भारतबाट आएकाहरू छन्। राजधानीका विभिन्न ठाउँमा बसेका उनीहरूको परिवारबाट अन्य परिवारमा संक्रमण सरेको पाइएकाले हरेक नागरिकले हेलचक्र्याइँ गर्न नहुने उनले बताए। ‘प्रहरी, भारतबाट आएका र प्रदेश २ बाट आएकाहरूले अन्य परिवारमा संक्रमण सारेको देखिन्छ,’ उनले भने।  

हाल उपत्यकाका धेरैजसो कोभिड अस्पताल भरिँदै जान थालेको जनाइएको छ । शुक्रराज सरुवा रोग अस्पताल, केएमसी कोभिड अस्पताल दुवाकोट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी बल अस्पताललगायत बिरामीको चाप बढेको छ। धेरैजसो कम लक्षण भएका बिरामी रहेको अस्पतालहरूले जनाएका छन्। तर, यही स्थितिमा संक्रमण नरोकिने हो भने उपत्यकाको जनसंख्याअनुसार कोभिड अस्पतालको शड्ढया भरिएर उपचारै नपाउने अवस्था आउन सक्ने चिकित्सकहरूको अनुमान छ।  

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा केस म्यानेजमेन्ट शाखाको अनुभवमा काठमाडौं उपत्यकामा बाहिरबाट आउनेले परिवारमा र परिवारबाट अर्को परिवारमा सारेको चक्र देखिन्छ। यो चक्र समयमै नियन्त्रण नभएमा केही दिनमै धेरै परिवार हुँदै समुदायमा संक्रमण फैलिने शाखा प्रमुख उत्तम कोइराला बताउँछन्। ‘अहिलेकै तथ्यांक हेर्ने हो भने काठमाडौंका धेरैजसो ठाउँमा फैलिसकेको देखिन्छ, संक्रमण सबैजसो अस्पतालमा पनि फैलिसकेको छ,’ उनले भने, ‘अहिलेको अवस्थाले काठमाडौंमा संक्रमणको रेड सिंग्नल गरिसकेको छ।’ यही अवस्थामा नियन्त्रण गर्न हरेक नागरिक सचेत भएर मात्र सम्भव हुने उनको सुझाव छ। ‘यो अवस्थामा आमनागरिकले सतर्कता अपनाउनुप¥यो, भेटघाटलाई रोक्नुप¥यो,’ उनले भने।  

‘बच्ने उपाय नागरिककै हातमा’

साथै, सरकारलाई उपत्यकाबाहिरबाट हुने प्रवेशलाई रोक्न र आउनैपर्नेको हकमा क्वारेन्टिनमा बसेर कोभिड–१९ परीक्षणपछि मात्र समुदायमा जाने व्यवस्थापन गर्न सुझाए। सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा। शेरबहादुर पुनका अनुसार कोरोना संक्रमण सबैतिर फैलिसकेकाले संक्रमित व्यक्ति पहिचान गरेर जोगिने अवस्था छैन। लक्षणै नभएकाबाट पनि संक्रमण सर्ने अवस्था रहेकाले अबको दिनमा सरकारको मात्र मुख ताक्नुभन्दा हरेक नागरिक आफैं सचेत हुने बेला आएको बताए। ‘न कोरोनाको औषधि बनिसकेको छ न खोप, यस्तो अवस्थामा बच्ने एक मात्र उपाय भनेकै नसर्ने उपायहरू हरेक नागरिकले अपनाउने हो,’ उनले भने। डा। पुनले सावधानीका सबै नियम पालना गरे कोरोना संक्रमण नियन्त्रण गरी न्यूनीकरण गर्न सकिने बताए।  

उपत्यकाका शुक्रराज सरुवा रोग अस्पताल, केएमसी कोभिड अस्पताल दुवाकोट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी बल अस्पताल लगायतमा कोरोनाका बिरामीको चाप बढेको छ।

यही अवस्थामै रोक्न सके थप क्षतिबाट बच्न सकिने भएकाले कोरोना नियन्यणमा सरकारभन्दा हरेक नागरिकको भूमिका भएको चिकित्सकहरूको भनाइ छ। चिकित्सकहरूले सकेसम्म घरबाहिर ननिस्कने, भीडभाडमा नजाने, कसैलाई भेट्नै परे दुई मिटर भौतिक दूरी कायम राख्ने, भित्रै गरिने कार्यालयका काम सकेसम्म घाम नलाग्ने र हावा नचल्ने कोठामा नगर्ने, बारम्बार प्रयोग हुने स्थानको निःसंक्रमण गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनेजस्ता उपाय पालना गरे संक्रमण न्यूनीकरण गर्न सकिने सुझाव दिएका छन् ।

साथै, सरकारलाई उपत्यकाबाहिरबाट हुने प्रवेशलाई रोक्न र आउनैपर्नेको हकमा क्वारेन्टिनमा बसेर कोभिड–१९ परीक्षणपछि मात्र समुदायमा जाने व्यवस्थापन गर्न सुझाए। सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा। शेरबहादुर पुनका अनुसार कोरोना संक्रमण सबैतिर फैलिसकेकाले संक्रमित व्यक्ति पहिचान गरेर जोगिने अवस्था छैन। लक्षणै नभएकाबाट पनि संक्रमण सर्ने अवस्था रहेकाले अबको दिनमा सरकारको मात्र मुख ताक्नुभन्दा हरेक नागरिक आफैं सचेत हुने बेला आएको बताए। ‘न कोरोनाको औषधि बनिसकेको छ न खोप, यस्तो अवस्थामा बच्ने एक मात्र उपाय भनेकै नसर्ने उपायहरू हरेक नागरिकले अपनाउने हो,’ उनले भने। डा। पुनले सावधानीका सबै नियम पालना गरे कोरोना संक्रमण नियन्त्रण गरी न्यूनीकरण गर्न सकिने बताए।  

यही अवस्थामै रोक्न सके थप क्षतिबाट बच्न सकिने भएकाले कोरोना नियन्यणमा सरकारभन्दा हरेक नागरिकको भूमिका भएको चिकित्सकहरूको भनाइ छ। चिकित्सकहरूले सकेसम्म घरबाहिर ननिस्कने, भीडभाडमा नजाने, कसैलाई भेट्नै परे दुई मिटर भौतिक दूरी कायम राख्ने, भित्रै गरिने कार्यालयका काम सकेसम्म घाम नलाग्ने र हावा नचल्ने कोठामा नगर्ने, बारम्बार प्रयोग हुने स्थानको निःसंक्रमण गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनेजस्ता उपाय पालना गरे संक्रमण न्यूनीकरण गर्न सकिने सुझाव दिएका छन् ।

प्रकाशित: २५ श्रावण २०७७ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App