६ चैत्र २०८० मंगलबार
समाज

काम नगर्ने ठेकेदारलाई कारबाही र ठेक्का रद्द गर्न जनप्रतिनिधिको माग

हिलाम्मे हिले पाख्रीबास लेगुवा सडक ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले–लेगुवा सडक खण्ड स्तरोन्तिको जिम्मा पाएका निमार्ण व्यवसायीले काम नगरेपछि धनकुटाका जनप्रतिनिधिले ठेक्का रद्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाका सदस्य एवं सांसद राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका संयोजक टंक चौहान र पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर काम नगरी ठेकेदार भागेकाले ठेक्का रद्द गर्न माग गरेका छन्।

ठेक्का अवधी भित्रै काम सक्नको लागि निरन्तर अनुगमन र तकेता ग¥यौ । तर ठेकेदारहरूले सडक निमार्ण कार्यमा भएको ढिलासुस्ति गरेपछि अहिले वर्षायाममा हिलाम्मे सडकमा सवारी यातयात र पैदल यात्रीले ठूलो सास्ती भोग्नु परिरहेको छ । काम नगर्ने ठेकेदार तत्काल कारबाही गर्नु पर्ने सांसद राजेन्द्रकुमार राईले बताए । आफूहरूले पटक पटक जिल्ला प्रशासन कार्यलयमा बोलाएर सडक निर्माणको काम छिटो सक्न पहल गरेपनि काम नभएर जनताले सास्ति खेप्नु परेकाले यो ठेक्का रद्द गरेर अर्को टेण्डर आह्वान गर्नु पर्ने सांसद राईले बताए ।  

पाख्रीवास नगरपालिकाका मेयर बृषवहादुर राईले आफूहरूले पटक पटक सडक निर्माणको काम सक्न पहल गरेपनि काम नभएर जनताले सास्ति खेप्नु परेको भन्दै विधि र प्रक्रिया पुर्याएर अर्को टेण्डर आह्वान गर्न आवश्यक रहेको बताए । अहिले नगरले यो सडक निर्माणको जिम्मा पाएको कम्पनीसँग व्याकुलोडर नभएको हुँदा नगरले उपलव्ध गराएर सहयोग गरिरहेको जानकारी गराएका थिए ।

आर्थिक वर्ष २०७२/०७३ मा हिले–पञ्चे र पञ्चे–लेगुवा जम्मा २६ किलो मिटर सडक निर्माणको काम दि कञ्चनजंघा कन्स्ट्रक्सन र निर्माण व्यवसायी रौताहा सन्तोषी विरुवाले ठेकका पारेको थियो । तीन वर्ष भित्रमा २०७५ फागुन २२ मा सम्पन्न गर्नेगरि सम्झाता भएको थियो । यो सडकको काम अहिले सम्म ६५ प्रतिशत मात्र सकिएको छ । सडकको हिले पञ्चे १३ किलो मिटर निर्माणका लागि ३८ करोड २३ लाख २४ हजार ४ सय ६६ रुपयाँ र पञ्चे लेगुवा १३ किलो मिटरका लागि ३८ करोड २ लाख ३८ हजार ५७ पैसा मा सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले सम्म हिले पञ्चे १३ किलो मिटर निर्माणका लागि २८ करोड २८ लाख ६६ हजार १ सय ५५ रुपयाँ ५९ पैसा र पञ्चे लेगुवा १३ किलो मिटरका लागि १८ करोड ६७ लाख १८ हजार ७ सय ६१ रुपैयाँ ७६ पैसा भुक्तानी लिईसकेको पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: २४ श्रावण २०७७ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App