६ चैत्र २०८० मंगलबार
समाज

पहिरोलो घर बगाए

अविरल वर्षाका कारण शनिबार धनकुटाको सहिदभूमी गाँउपालिका– ६ आखिसल्लामा पहिरोले घर बगाएको छ । गाँउपालिकाको वडा नं ६ बस्ने मान बहादुर राना मगरको ढुंगा माटो र  फुसको छाना भएको १ तले घर  आज १२ : ३० को समयमा पहिरो जादाँ पहिरोले घर बगाएको प्रहरीचौकी कार्यालय आखिसल्ला ले जनाएको छ । 

पहिरोले घर पूर्ण रुपमा क्षति हुदा घर भित्र रहेको अन्नपात लत्ताकपडा , नगद रु १५००० हजार सहित सुन १ तोला ,चादी २ तोला गरि ४ लाख बराबरको क्षेति भएको छ । मानविय र चौपायामा भने कुनै क्षेति नभएको प्रहरीले जानकारी दिएको छ । पडित परीवार मा श्रीमान र श्रीमति गरि दुइजना रहेको छ । अदिसल्ला प्रहरीचौकी बाट घट्ना बारे जानकारी प्रापत हुन साथ अहिले उद्धारका लागि घट्नास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घट्ना स्थल आखिसल्ला प्रहरी चौकी देखि पूर्वा २ किलो मिटर टाढा रहेको छ । 

प्रकाशित: २४ श्रावण २०७७ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App