६ चैत्र २०८० मंगलबार
समाज

बैतडी र दार्चुलामा पालिकाअनुसार सेवा

कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडी र दार्चुलाले पालिका अनुसार सेवा दिन थालेको छ। जिल्लास्तरीय कोभिड–१९ कमान्ड पोष्टको बैठकले गरेको निर्णय अनुसार पालिकाअनुसार सेवा दिन थालिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंहले नेगीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिने सेवाहरु आइतबार, सोमबार र मंगलबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई प्रदान गरिनेछ।  

यस्तै बुधबार, बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवाप्रदान गरिने सहायक प्रमुख जिल्लाअधिकारी नेगीले जानकारी दिए।  

पुर्चौडी नगरपालिकाको हकमाभने इलाका प्रशासनकार्यालयबाट नियमित रुपमा सेवाप्रदान गरिने बताइएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

दार्चुला प्रशासनले पनि कार्यालयमा सेवाग्राहीको भिडभाड बढ्दा कोरोना संक्रमणको डर हुने भन्दै सेवाग्राहीको भिडभाड कमगरी संक्रमण फैलिन नदिनपालिकाअनुसार सेवाप्रवाह गर्न थालेको छ। आइतबार र सोमबारमा महाकाली नगरपालिका, दुहुँ र ब्याँस गाउँपालिकाका, मंगलबार र बुधबारशैल्यशिखर नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका सेवाग्राहीलाई  र बिहीबार र शुक्रबार अपिहिमाल, मार्मा र नौगाड गाउँपालिकाका सेवाग्राहीलाई सेवाप्रदान गर्ने गर्ने दार्चुलाका सहायक प्रमुख जिल्लाअधिकारी टेकसिंह कुुवँरले बताए।

जिल्ला प्रशासन कार्यालयले  नेपाली नागरिकताको प्रमाणपत्र वितरण, राहदानी वितरणलगायतका सेवाहरु दिने गरेको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरण र यसबाट बच्नका लागि हामीले यस्तो निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।बैतडीका ३ सय २० र दार्चुलामा ३८ जनाकोरोना संक्रमण पुष्टी भएकाथिए। तिमध्ये बैतडीमा ३ सय ४ र दार्चुलामा १३ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: २४ श्रावण २०७७ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App