६ चैत्र २०८० मंगलबार
समाज

काठमाडौंको पेप्सीकोलामा शिशु फालिएको भेटियो, १७ वर्षकी आमा पनि पत्ता लाग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौंको पेप्सीकोलामा शनिबार फालिएको अवस्थामा सालनालसहितको शिशु फेला  परेका छन् । 

बिहान पौने ७ बजेतिर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल पछाडि मकैबारीमा जीवितै शिशु फेला पारिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार उनको आमा पनि पत्ता लागिसकेको छ । उनी १७ वर्षकी छन् । तर नाम ठेगाना गोप्य राखिएको छ ।  

‘बच्चा कोबाट जन्मियो भन्ने अनुसन्धान गरिरहेका छौं,’ शनिबार अपराह्न डीएसपी केसीले नागरिकन्युजसँग भने, ‘अहिले शिशु र आमा दुवैलाई एक संस्थाको संरक्षणमा राखेका छौं।’

प्रकाशित: २४ श्रावण २०७७ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App