coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लिफ्टिङ खानेपानी योजना सञ्चालन

लिफ्टिङ योजना उद्घाटनकाक्रममा बोल्दै रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला । तस्बिर : नागरिक

खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । पिउने पानीको अभाव हल गर्नका लागि गाउँपालिकाको ४४ लाखको लागतमा खहरे जरुवापानी लामपाते लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको हो । स्थानीय तह कार्यान्वयनमा आएसँगै सुरु गरिएको योजना शुक्रबार रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गरेका छन् ।  

साविकको डुम्रेधारापानी–६ जरुवापानी मुहान भएको पानीलाई विद्युतीय मोटरमार्फत पम्पिङ गर्दै २ हजार ३ सय मिटरमाथि निकालेर वितरण गरिएको छ । लिफ्टिङ योजनाले साविकको डुम्रेधारापानी–६ जरुवापानी, साविकको डुम्रेधारापानी–७ कोटगाउँ, डाँडागाउँ, साविकको डुम्रेधारापानी–८ सिम्ले र साविकको डुम्रेधारापानी–९ भोर्लेनीका दुई सय उपभोक्ता लाभान्वित भएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताए । लिफ्टिङ योजना सञ्चालनमा आएपछि पिउने पानीका लागि घण्टौं हिँड्नुपर्ने वाध्यता हल भएको स्थानीयले बताएका छन् ।  

जरुवापानीमा रहेको धाराको पानीलाई दुई वटा विद्युतीय मोटरमार्फत गाउँमा निकालिएको हो । पानी लिफ्टिङ गर्नका लागि मुहानदेखि गाउँसम्म तीन वटा ट्यांकी निर्माण गरिएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App