coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङको तेल्लोकमा महिला मृत फेला

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोककी ४४ वर्षीया इश्वरी लिम्बू घर नजिकैको बाटोदेखि करिव १५ मिटर तल मृत अवस्थामा भेटिएकी छन् । स्थानीय बिरु लिम्बूकी श्रीमती उनी शुक्रबार दिउँसोतिर गाउँमा काम गर्न भनि गएकी थिईन् ।  

साँझसम्म पनि घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा घरबाट करिव १० मिटर पूर्व पर्ने बाटोभन्दा करिव १५ मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय तेल्लोकले उनको लडेर मृत्यु भएको आशंका गरेको छ ।  

घटनाका बारेमा जानकारी पाउनासाथ इप्रका तेल्लोकका प्रहरी निरीक्षक अर्जुनकुमार पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालित भएको र घटनाको अनुसन्धान समेत सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: २४ श्रावण २०७७ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App