आज शनिबार रातिदेखि फेरि तीन दिन देशभर हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार राति फेरि मनसुन न्यून चापीय रेखा नेपालको नजिक आइपुग्ने सम्भावना रहेकाले कम्तीमा ३ दिन मनसुन सक्रिय हुने भएको हो।
महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ-
‘साउन २४ गते शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक सर्ने सम्भावना देखिएकाले २-३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन यस्तो छ :
प्रकाशित: २४ श्रावण २०७७ ०७:०४ शनिबार