५ वैशाख २०८१ बुधबार
समाज

पर्साका एक नगरप्रमुखसहित थप ५५ मा कोरोना पुष्टि

पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत बुधवार बहुदरमाई नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा पुगेको टोलीलाई परीक्षणका लागि स्वाब दिएकामध्ये त्यहाँका नगरप्रमुख साहसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए।  

नारायणी अस्पतालको पीसिआर परिक्षण प्रयोशालाबाट शुक्रबार राति आएएको रिपोर्टमा देखिएका ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको डा. उपाध्यायले बताए। संक्रसमत मध्ये ३ जना बाराका र एक जना सर्लाहीका बासिन्दा हुन्। संक्रमित हुनेको सूचीमा बहुदरमाई नगरपालिकाका नगरप्रमुख साह पनि रहेका छन्। कोरोना संक्रमण देखिएकाहरुमा १३ जनामा सशुल्क परीक्षण गराएका ब्यक्ति हुन।  

वीरगन्जस्थित बैरेकका एक जना नेपाली सेना र नारायणी अस्पतालको प्रयोगशालाका एक कर्मचारीमा पनि कोरोना संक्रमण पाइएको छ। अन्य संक्रमितमा वीरगन्ज माहानगरपालिका आदर्शनगरका ६, श्रीपुरका ४, मुर्लीका २, नगवाका ४, वीर्ताका १ र रेशमकोठीका १ जना रहेका छन्। त्यसतै पर्साकै छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जना पनि संक्रमित रहेका छन्।

प्रकाशित: २४ श्रावण २०७७ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App