coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरगन्जमा थप एक मृतकमा कोरोना पुष्टि

वीरगन्जस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वीरगन्ज–३ छपकैयाका ६५ वर्षका वृद्धमा शुक्रवार राति कोरोना संक्रमण पुष्टि भएको छ। उनको मृत्युपछि गरिएको स्वाब परीक्षणको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

कोरोना अस्पतालको आकास्मिक कक्षमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको उनको परिक्षण रिपोर्ट राति आउदा संक्रमण देखियो।  

यसअघि उनलाई करिब ४ दिन ज्वरो आएर निको भइसकेको थियो। गत बिहीबार राति उनलाई अचानक स्वास लिनमा समस्या भएपछि परिवारकाले एडभान्स मेडिकयर होस्पिटल लगेका थिए। त्यहाँ चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने प्रयास गरेपनि समस्या कम भएन।

आइसीयुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले राय दिएपछि नेशनल मेडिकल कलेज लैजादा त्यहाँ उनलाई भर्ना लिइएन। त्यसपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित: २४ श्रावण २०७७ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App