८ वैशाख २०८१ शनिबार
समाज

आइसोलेसनबाटै फैलिँदै संक्रमण

प्रादेशिक अस्पताल जनकपुरको आइसियू प्रमुख संजय यादवले आइसियूको बेहाल अवस्था सुधारमा बेवास्ता भएको भन्दै प्रमुखको जिम्मेबारीबाट तीन दिनअघि अलग हुने घोषणा गरे। यस अस्पतालको आइसियूमा कोरोनाका शंकास्पद बिरामी र समान्य अवस्थाका बिरामीलाई सँगै मिसाएर उपचार हुँदै आएको छ। यो अव्यवस्था सामाधान नभएपछि संजय आइसियू प्रमुखको जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन।  

आइसियूमा काम गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षा उपकरण बिना काम गर्नुपर्ने बाध्यता छ। जसका कारण स्वास्थ्यकर्मीहरु संक्रमणको सिकार भैरहेका छन। कोरोनाका शंकास्पद बिरामीलाई समेत समान्य अवस्थाका बिरामीसँग मिसाएर आसियूमा उपचार गर्दा दुई जना सामान्य बिरामी समेत संक्रमित हुन पुगेको यादवले बताए। उनले भने,‘ दुई जना चिकित्सक र ८ जना नर्स एक सफाई कर्मचारीसहित १३ जना संक्रमित भएको छ।’ चार महिना बितिसक्दा पनि कोभिड–१९ आइसियू संचालन नगरि नियमित आइसियू वार्डबाटै काम जोखिमपूर्ण उपचार गरिरहेको उनले खुलाए। कोभिड अस्पतालमा आइसोलेसनको सुविधा मात्र छ, आइसियू छैन। आइसियू आवश्यक पर्ने कोरोना शंकास्पद बिरामी पनि नियमित आइसियूमा समान्य बिरामीसँगै राखिने गरेको यादवले बताए।  

साउन १० गत्ते उच्च ज्वरो र सास फेर्न गाह्रो भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा आएका धनुषा शहिदनगर नगरपालिका –८ डुमरियाका ३८ वर्षीय व्यापारीलाई नियमित विरामीसँगै आइसियूमा राखियो। कोरोनासँग मिल्दो लक्षण भएका, भारत आउजाउ गरिरह्ने बताएका उनलाई कोरोनाको शंका गरेर छुट्टै आइसियूमा राखिनुपर्ने थियो। तर, कोभिड आइसियू कक्ष नहुँदा नियमित बिरामीसँगै मिसाइयो। संजयले भने,‘नर्स र चिकित्सकहरु सर्जीकल मास्ककै भरमा उनको उपचार गरे। साउन १२ गत्ते उनलाई अस्पतालबाट धरान रेफर गर्यो। सोही दिन उनको मृत्यु भयो।’ कोरोना पुष्टि भएका उनको उपचारमा संलग्न चिकित्सक, नर्स सबैलाई क्वारेन्टिन गर्यो। जनसमध्ये ६ जना नर्सहरुमा बुद्यबार संक्रमण पुष्टि भएको छ। ग्लोब्स बिना समान्य मास्कको भरमा संक्रमितको उपचारमा खटिन बाध्य बनाइदा संक्रमणको सिकार भएको छौं, संक्रमित नर्सहरुले बताए। कोरोनाका शंकास्पद बिरामीको उपचारमा समान्य खालका सर्जीकल मास्ककै भरमा डाक्टर, नर्सहरु खटिनु परिरहेको संक्रमित एक नर्सले बताईन।

बिहिबार राती धारान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा मृत्यु भएका सिरहा गोलबाजार–१२ बेतौनाका २२ वर्षीय कोरोना संक्रमित जनकपुरमा नियमित डायलासिस गराउँदै आएका थिए। विदेशको यात्रा इतिहास नभएका उनलाई कोरोना कहाँबाट कसरी सर्यो यकीन छैन। यद्यपी प्रादेशिक अस्पताल जनकपुरमा नियमित डायलासिस गराउँदै आएको उनमा यहीँ संक्रमण सरेको अडकल गरिएको छ। कोरोनाका संक्रास्पद बिरामी र समान्य बिरामीका लागि एउटै डायलासिस कक्ष भएकाले संक्रमण यसै अस्पतालमा सरेको परिवारजनको अडकल छ। नियमित डायलासिसका लागि गएको उनको स्वाब परिक्षण गर्दा बुद्यबार उनको रिपोर्ट पोजेटिभ आएको थियो। यस अस्पतालमा डायलासिस गराउँदै आएको उनीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशि कोभिड अस्पतालका संयोजक डां जामुनप्रसाद सिंहले बताए। संक्रमितलाई आइसोलेसनमा राखेर डायलासिसका लागि धरान पुर्याउने ल्याउने गरिरहेको उनले बताए।

खोरजस्तो आइसोलेसन

‘अस्पतालको लापरबाहीका कारण संक्रमणको सिकार भएका हामीलाई सुविधा बिहिन आइसोलेसनमा राखिएको छ’ प्रादेशिक अस्पतालको आइसियूमा कार्यरत्त रह्दा संक्रमित भएका नर्सहरुकोे गुनासो हो यो। यहाँ न खानपिनको राम्रो प्रबन्ध छ न बासको उचित प्रबन्ध। पानीको समेत असुविधा छ। बिजुली पनि नियमित हुँदैन। झ्याल छ तर खुल्दैन। हप्प गर्मीमा कोठाभित्र थुनिएर बस्नै गाह्रो भएको छ।  

आईसोलेसनमा राम्रो व्यवस्थापन नभएको खुलासा बैशाखको २९ गत्ते नै भएको थियो। जतिबेला जनकपुरका पत्रकार वीरेन्द्र रमण संक्रमित भएर प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनीसँगै एउटै हलमा कोरोना संक्रमित ६ जनालाई राखिएको थियो। मुटुका बिरामी उनले सुरुमा त पानी समेत खान पाएनन्। धेरैतिर फोन लगाएपछि बल्ल पानी ताताउने एउटा भाँडो त आयो तर गिलास थिएन। कोठामा न इन्टरनेट सुविधा थियो न मनोरञ्जनका लागि टेलिभिजन। अस्पताल भर्ना भएपछि एकपटक डाक्टरले फोन गरेर केही औषधि चाहिन्छ ? भनेर सोध्नुबाहेक काउन्सिलिङ समेत गरेनन्। खाना, नास्ताकोदेखि बसाईको बेहाल अवस्था उनले आइसोलेसनबाटै सार्वजनिक गरिरहे। उनी कोरोना जितेर नियमीत काममा फर्केको तीन महिना भन्दा बढी भैसक्यो। तर, उनी बसेको आइसोलेसन अझै संक्रमितमैत्री बनेको छैन।

रमण पत्रकार भएका कारण आफूले भोगेको समस्या सार्वजनिक गर्न सके। तर, समान्य मानिस अझै कष्ट सहेरै आइसोलेसनमा घर फर्किने दिन गन्दै बस्न बाध्य छन। आइसोलेसनमा तातोपानी खानसमेत मुस्किल छ भने कोरोनाबाट संक्रमित भएर अस्पताल पुग्ने सर्वसाधारणको हालत कस्तो होला भन्ने सहज अनुमान गर्न सकिन्छ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल आइसोलेसनमा एक सातादेखि युवाहरुको समूह सरकार गुहार्दै छन। खान सक्ने लायक खानाका सरकार गुहारिरहेका उनीहरुलाई कसैले सुनेका छैनन्। राजबिराजका संक्रमित एक युवकले नागरिकसँग भने,‘हामीलाई दिने भातमा किरा, दालमा झिँगा हुन्छ, कसरी खाइसक्नु ? हामीले माछा, मासु देउ भनेकै होइनौं उनले भने,‘नुन भात्त नै दिएपनि सफा देउ भनेका हौं। ‘गनाउने मोटो चामल त्यो पनि किरा परेको दिएपछि कसरी खान सक्छौं ? उनी भक्कनिएँ। सुरुमा घरबाट खाना मगाएर पेट भरिरहेको थिएँ एक युवकले भने,‘पछि त्यो पनि बन्द गरिदियो। पानी पनि प्रयाप्त दिँदैन।’ आइसोलेसन अस्पताल भन्दा पनि यातना गृहमा बसेको अनूभुति गर्दैछौं, उनले भने।’  

प्रदेशिक अस्पताल जनकपुरको आइसोलेसन संयोजक डा. जामुनप्रसाद सिंहले कोरोना पुष्टि भैसकेका बिरामीको उपचारमा बाहेकको अवस्थामा सर्जीकल मास्ककै भरमा उपचार गर्नुपर्ने नियम रहेको बताए। संसारभर यही नियम छ उनले भने,‘कोरोना पुष्टि भएका बिरामीलाई कोभिड आइसोलेसन कक्षमा राखिन्छ। पुष्टि नभएम्मको हकमा समान्य विरामी सरह नै उपचार हुन्छ।’ प्रादेशिक कोभिड अस्पतालको आइसोलेसन मुलुकको अरु कुनै आइसोलेसनभन्दा कम गुणस्तरीय नभएको उनले दाबी गरे।  आइसियूका प्रमुख डा. संजय यादवको राजीनामा पत्र अस्पतालमा आइपुगेको छैन उनले भने,‘उनले घोषणा गरेर हुँदैन, पत्र बुझाउनुपर्छ।’

कमजोर पूर्वतयारीको परिणाम

कोभिड–१९ को संक्रमणको पहिलो केस नेपालमा माघ ९ गत्ते भेटिए। त्यसपछि चैत १० गत्तेसम्म थप केस देखिएन। सरकारले यसलाई पूर्वतयारीका लागि पाएको अवसर माने। तर, अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक तयारीमा सरकार चुक्यो। पूर्वतयारीमा खासै ध्यान दिएन। चैत १० गत्ते दोस्रो संक्रमित भेटिएपछि सरकार चैत ११ देखि मुलुकलाई लकडाउन ग¥यो। संक्रमण फैलिनबाट रोक्न लकडाउन गरिएपछि प्रयाप्त परीक्षण हुन सकेन। अस्पतालसम्बन्धि पूर्व तयारी पनि पर्याप्त मात्रामा भएन। स्थानीय र प्रदेश सरकार मात्र होइन, संघीय सरकार पनि खाली ठाउँ खोजेर बेड राख्ने र यति बेडको आइसोलेसन तयार भयो भन्ने होडबाजीमै व्यस्त भएको सर्लाहीका बुद्धिजीबी रजनीकान्त झाको भनाई छ। तर, जब भारतमा मजदुरीका लागि गएका नेपाली नागरिकहरु घर फर्किन सुरु गरे त्यसपछि संक्रमितको संख्या उकालो लाग्यो। र, त्यही नाम मात्रको आइसोलेसन बेड समेत अपर्याप्त हुने अवस्था आयो। क्वारेन्टिनलाई आइसोलेसनको नाम दिएर संक्रमितहरुलाई राख्न सुरु गरियो। आईसोलेसनमा सबै बेड छुट्टाछुट्टै हुनुपर्छ। ट्वाइलेट बाथरुम पनि छुट्टाछुट्टै हुनुपर्छ। प्रत्येक कोठामा पस्ने ढोका छुट्टै भएको राम्रो मानिन्छ। हरेक कोठामा रहेको कोरोना संक्रमितसँग चिकित्सकहरूले कुुरा गर्ने हुनुपर्छ। तीन सिफ्टमा डाक्टर तथा नर्सहरू गएर बिरामीलाई काउन्सिलिङ गर्नुपर्छ। तर, यो सबै व्यवस्था यहाँ भएको पाइदैन।

असारको अन्तिमसात्ता सम्म प्रदेश २ का अधिकांश जिल्लाका क्वारेन्टिनहरु करिब खाली भैसकेका थिए। आइसोलेसनहरु पनि विस्तारै खाली हुँदै थियो। प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार यस प्रदेशमा चैतमा तीन जना संक्रमित भेटिएपछि संक्रमणको सुरुवात भएको हो। बैशाखमा ९२ जना संक्रमित थिए। जेठमा संख्या बढेर एक हजार २ सय १९ पुग्यो। असारमा १ हजार ८ सय ९७ र साउन महिनाको २२ गत्तेसम्म एक हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भैसकेको छ। बिहिबारसम्म यस प्रदेशमा संक्रमितको कूल संख्या ५ हजार ३ सय ३५ पुगेको छ। २२ जना कोरोनाबाट ज्यान गुमाएका छन भने ३ हजार २ सय ५५ जना निको भएर घर फर्किसकेका छन। 

प्रकाशित: २४ श्रावण २०७७ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App