१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाको कहर सकिएलगत्तै पर्वतमा बन्जी

द क्लिफ नेपाल प्रा.लिको लगानीमा निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जीस्पट सञ्चालनको तयारीमा छ । एसियाकै अग्लो र संसारकै दोश्रो अग्लो बन्जीको सफल परीक्षण पनि गरिसकिएको छ । पर्वतको सदरमुकाम कुस्माबजार नजिक कालीगण्डकी नदीमाथि २ सय २८ मिटर अग्लो बन्जी बनाईएको हो । द क्लिफ नेपाल प्रालिका सञ्चालक राजु कार्कीले कोरोनाको कहर सकिएलगत्तै बन्जीसंगै अन्य गतिविधी र रिसोर्ट सञ्चालनमा ल्याउने आफुहरूको तयारी रहेको जानकारी दिए ।

पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकास्थित बलेवा जोड्ने गरी कालीगण्डकीमाथि पुल बनाइएको छ । सो पुलको लम्बाई ५ सय २० मिटर लामो छ । बन्जीका सञ्चालक राजु कार्की आफैंले हाम फालेर बन्जीको परीक्षण गरेका हुन्। अन्य बन्जीमा हाम फालिसकेका कार्कीले कालीगण्डकी माथी बनेको बन्जीमा अन्य स्थानमा भन्दा रमाईलो र सहज भएको प्रतिक्रिया दिए । अग्लो स्थान र फराकिलो क्षेत्रले पनि जम्पमा रोमाञ्चकता थप्ने उनको विश्वास छ उनि भोटेकोशी बन्जीमा काम गरिसकेका अनुभवी प्राविधिक पनि हुन् ।

काली गण्डकी नदी माथी बनेको सिंगल स्पान झोलुंगे पुलमा विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल रहेको उनले जानकारी दिए । बन्जीको साथमा स्विङ, स्काई साइक्लिङ पनि सञ्चालनको तयारीमा रहेको कार्कीले जानकारी दिए । यसबाहेक सोही पुल तरेर गएपछी कालीगण्डकी पारी बाग्लुङ बलेवा पुग्न सकिन्छ । बलेवा क्षेत्रमा सुविधा सम्पन्न रिर्सोट समेत बनिरहेको छ । रिसोर्टकै छेउमा युवापुस्ताको लागि गुगेली पिङ पनि बनेको छ ।

कोरोनाको कहर पर्वतमा बन्जी