१६ चैत्र २०८० शुक्रबार
समाज

दरौँदी नदी तर्ने क्रममा दुई बालक बेपत्ता

गोरखाको दरौँदी नदी तर्ने क्रममा बिहीबार पालुङटार नगरपालिका १ खुर्पाजुङका दुई बालक बेपत्ता भएका छन् । रमेश श्रेष्ठको छोरा अन्दाजी १५ वर्षीय प्रज्वल श्रेष्ठ र भक्तबहादुर श्रेष्ठका छोरा अन्दाजी १४ वर्षीय सबिन श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।  

प्रहरीका अनुसार दरौँदी नदीको जरेबर भन्ने ठाउँबाट फुटबल खेल्न आएका चार जना साथी खोला तर्ने क्रममा दुई जनालाई बगाएको हो । सँगै रहेका दुई जना भने खोला तरेका थिए । साँझ पाँच बजे मात्रै खबर आएको र खोजी गर्दा अहिले सम्म नभेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २२ श्रावण २०७७ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App