coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा

कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुसहित संक्रमित बढ्न थालेपछि शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म लागू रहने छ ।

अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्था र सार्वजनिक यातायातका सवारी साधन पुूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । निजी सवारीका हकमा भने मोटरसाइकल र स्कुटर जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न दिइने भएको छ । प्रजिअ दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद् ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।  

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए । सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको उनले बताए ।  

जिल्लामा बिहीबार साँझसम्म ८ सय ४०  जना संक्रमित भेटिएका छन् । जसमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित: २२ श्रावण २०७७ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App