coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना त्रासले प्रशासन बन्द हुने

सरकारले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएपछि कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । कोरोना न्यूनीकरणका लागि प्रशासनका नियमित काम बन्द हुने भएका हुन् ।

नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरण र अन्य सिफारिससमेतका सेवा प्रवाह साउन २५ गतेदेखि बन्द गरिएको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार सभा, गोष्ठी, तालिम, जात्रा, महोत्सवमा रोक लगाउने निर्णय भएको छ । यसले कोरोना संक्रमण फैलिन नदिने अपेक्षा गरिएको प्रशासकीय अधिकृत लामिछानेको भनाइ छ ।

प्रकाशित: २२ श्रावण २०७७ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App