coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

किशोरीमाथि सामूहिक बलात्कार

डोल्पामा एक किशोरी सामूहिक बलात्कारको सिकारमा परेकी छिन् । जगदुल्ला गाउँपालिका–६, झ्याकोटकी १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

उक्त गाउँपालिकाको भवन निर्माण जिम्मा पाएका बारेकोट गाउँपालिका–६, का ३१ वर्षीय कर्णबहादुर महतारा र जगदुल्ला–४ का ३१ वर्षीय अंगतबहादुर महताराले जबरजस्ती सामूहिक बलात्कार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाग बास्तोलाले जानकारी दिए । उनका अनुसार बलात्कार गर्ने दुबै जनालाई पक्राउ गरिएको छ । उनीहरूले ललाइफकाइ पारि पीडित किशोरीकै घरमा लिएर जबरजस्ती करणी गरेको उनको भनाइ छ । 

प्रहरीमा बलात्कारका मुद्दा दर्ता भए पनि होस्टाइल हुँदा बलात्कारका घटनाले प्रसय पाइरहेका छन् । दोषीलाई कारबाहीको दायरामा ल्याउँदा यस्ता घटना न्यूनीकरण हुने महिला अधिकारकर्मीहरु बताउँछन् । बलात्कारपछि हत्या गर्दासमेत कानुन लाचार हुँदा पीडकहरूको मनोबल बढ्ने र पीडितको न्याय हरण हुने महिला अधिकारकर्मी देवीसरा विश्वकर्माले बताइन् ।

प्रकाशित: २२ श्रावण २०७७ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App