११ माघ २०७७ आइतबार
समाज

ताप्लेजुङ पनि बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

कोरोना जितेर घर फर्किन लागेकालाई बिदाई गरिदैं । तस्बिरः खगेन्द्र/नागरिक

ताप्लेजुङ बिहीबार कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । संक्रमित २ सहित ४२ जनाको पीसीआर परीक्षण गर्न उनीहरुको स्वाब प्रादेशिक अस्पताल बिराटनगर पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।  

यसअघि उनीहरुको पहिलो र दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट भने पोजेटेभि आएको थियो । कोरोना जितेर फर्किएका पाथीभरा याङ्वरक गाउँपालिकाका १ तथा सिदिङ्वा गाउँपालिकाका १ गरी २ जनालाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठ, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख टेकनाथ अर्यालसहितले बिदाई गर्दै अझै केहिदिन होम क्वारेन्टिनमा बस्न र न्यूनतम सुरक्षाका उपाय अवलम्बन गर्न सुझाएका छन् ।

प्रकाशित: २२ श्रावण २०७७ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App