४ वैशाख २०८१ मंगलबार
समाज

सातै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन सुझाव

आज बिहीबार देशका सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।  

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर मौसम सामान्य बदली रही सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।  

‘गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा प्रदेश १,  प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना छ,’ बिहीबार बिहान जारी गरिएको बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले २४ घण्टे चोतवनी पनि जारी गरेको छ ।

प्रकाशित: २२ श्रावण २०७७ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App