coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेकपाका सर्लाही अध्यक्ष पन्तलाई कोरोना संक्रमण, ‘धेरै जनासँग भेटघाट’

फाइल तस्बिर : नेकपा सर्लाही जिल्ला रेवती पन्त

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ ।  

नेकपा सर्लाही जिल्ला कमिटीले बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष पन्तलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।  

विज्ञप्तिमा अध्यक्ष पन्तले यसबीच कुनै सभा समारोह नभए पनि नियमित भेटघाट र छलफल भने जारी रहेकाले आफूसँग सम्पर्कमा आएकाहरूलाई तुरुन्त पिसिआर परीक्षण गराउन आग्रह गरेका छन् ।  

‘तीन–चार दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो,’ पन्तले विज्ञप्तिमा भनेका छन्, ‘शंका लागेर काठमाडौं आएर स्वाब संकलन गराएँ । पिसिआर टेस्ट गर्दा कोभिड पोजिटिभ देखियो ।’

अहिले आफू काठमाडौंमै आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको उनले बताएका छन् ।  

प्रकाशित: २१ श्रावण २०७७ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App