coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा समुदायस्तरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा समुदायस्तरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कृष्णगनर नगरपालिकाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । एक शिक्षक, दुई विद्यार्थी, एक एभरेष्ट  बैंकका कर्मचारी र एक जना डिजे स्वाउन्ड व्यापारीमा कोरोना सक्रंमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन १८ गते लिइएको १ सय ३३ नमुना स्वाब मध्ये १ सय १९ जनामा कोरोना देखिएन भने ५ जनामा कोरोना पुष्टि भएको छ । बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी छ ।  संक्रमितको स्वाब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।

संक्रमण पुष्टि हुनेहरु कृष्णनगर नगरपालिका वडा नं. २ का वर्ष २१ र २५ वर्षीय २ पुरुष, वडा नं. ८ का १२ वर्षीय एक बालक, ३ वर्षीया १ बालिका र वडा नं. ११ का ४० वर्षीय १ जना पुरुष रहेका छन्  । थप ५ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या ८ सय ६ जना पुगेको छ ।  

जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना फैलन थालेको छ । केही दिन पछि मात्र शिवराज नगरपालिकाका १३ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको थियो । यस्तै तौलिहवा बजारमा पासु व्यापारी समेत संक्रमित भएका छन् । लक्षण सहितका संक्रमितको बुटवल प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: २० श्रावण २०७७ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App