७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश २ का जिल्लामा धमाधम ‘लकडाउन’

पर्साकाे वीरगन्ज

कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलिन थालेपछि प्रदेश २ का जिल्लाले एकपछि अर्काे लकडाउन अर्थात् निषेधाज्ञा जारी गरिरहेका छन् ।  

बारा र पर्सापछि आज मंगलबार सर्लाही र सप्तरीले पनि निषेधाज्ञा जारी गरेका हुन् । 

 

यो पनि पढ्नुहोस्

बारामा आइतबार बिहान ५ बजेदेखि  घरबाट बाहिर निस्किन नपाइने

 

आइतबार बिहान ५ बजेदेखि बाराले तथा त्यसको भोलिपल्ट सोमबार बिहान ५ बजेदेखि पर्साले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका छन् ।  

लगत्तै आज सप्तरीले बिहान ५ र र सर्लाहीले बुधबार ६ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा लागू गरेका हुन् । 

हेर्नुहाेस्, क्रमश: विज्ञप्ति-

यसअघि पर्सामा साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू निषेधाज्ञा सोमबार बिहानदेखि जिल्लाव्यापी बनाइएको हो ।

उता धनुषाको जनकपुर र क्षिरेश्वरनगरपालिका क्षेत्रमा पनि मंगलबारदेखि निषेधाज्ञा लागू गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  

यस्तै देशका अन्य विभिन्न जिल्ला एवं स्थानीय तहमा पनि निषेधाज्ञा लागू गर्ने क्रम जारी  छ ।  

 

यो पनि पढ्नुहोस्

बाँकेमा निषेधाज्ञा शनिबार सम्म थप गरियो

 

प्रकाशित: २० श्रावण २०७७ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App