१६ चैत्र २०८० शुक्रबार
समाज

करणी गर्न खोजेको आरोपमा पक्राउ

करणी गर्दै गरेको अवस्थामा रौतहट प्रहरीले महिला र पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपािलका वार्ड नम्बर ५ का श्यामबाबु राय रहेका छन् ।

रौतहटको चन्द्रपुरबाट एक महिलालाई ललाई फकाई करिब ३० किलोमिटर दक्षिण यमुनामाई गाउँपालिकाको कार्यालय रहेको सरुअठा पुर्‍याएर चार जनाले करणी गर्न खोजेका थिए । पाँच सय रुपैयाँ दिएर महिलालाई प्रलोभनमा पारी गाउँपालिका कार्यालय नजिकैको छाप्रोमा पुर्‍याएर सोमबार राति करणी गर्दै गरेको अवस्थामा प्रहरीले रायलाई पक्राउ गर्न सफल भएको हो ।

रायसँगै रहेका अन्य तीन जना अँध्यारोको फाइदा उठाउँदै भाग्न सफल भएका छन् । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बडहर्वाबाट खटिएको गस्ती टोलीले रायलाई करणी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महिला र पुरुष दुवैलाई जिल्ला प्रहरी कार्यालय रौतहट पुर्‍याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी दिएका छन् ।

प्रकाशित: २० श्रावण २०७७ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App