८ वैशाख २०८१ शनिबार
समाज

कोरोना परीक्षण गर्न राजधानीका १४ ठाउँमा बुथ राखिने

सरकारले शंकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि राजधानीका १४ स्थानमा परीक्षण बुथ राख्ने भएको छ। उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको बैठकले बुथ राख्ने निर्णय गरेको थियो। निर्णय अनुसार राजधानीको पाटन अस्पताल,सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर,के,एम.सी अस्पताल, वीर अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, नेपाल कोरियामैत्री अस्पताल, ह्याम्स र प्रसुति गृहमा वुथ राखिने छ।  

यी बुथहरुबाट परीक्षण गर्नको लागि ती केन्द्रहरुमा  विहानको ९ बजेदेखि १ बजेभित्र गएर स्वाब परीक्षण गर्न सकिनेछ। स्वाब परीक्षण गर्न दिने व्यक्ति शंकास्पद विरामीको सम्पर्कमा आएका र जोखिमयुक्त स्थानहरुबाट आएका हुनु पर्नेछ। परीक्षण गराउँदा आफु बस्ने ठाउँको नजिकको केन्द्रबाट गराउनु पर्नेछ।  

उपत्यकामा जोखिम बढेको भन्दै काम नपरेसम्म घरबाहिर ननिकस्न, भीडभाड नगर्ने, चाडपर्व घरैमा बसेर मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रायले अनुरोध गरेको छ।

 

 

प्रकाशित: २० श्रावण २०७७ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App