६ चैत्र २०८० मंगलबार
समाज

दुई चिकित्सकसहित वीरगन्जमा ३४ जना संक्रमित थपिए

वीरगन्जमा जिल्लाका ३१, बाराका २ र सुर्खेतका १ जना गरी ३४ जना कोरोना संक्रमित थपिएका छन्। ३४ मध्ये ४ जना महिला र बाँकी सबै ३० पुरुष हुन।नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा भएको पछिल्लो परीक्षणमा संक्रमित हुने हरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।  

संक्रमित चार जना महिलाहरु १६,२६,२८ र ४९ बर्षका रहेका छन्। सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत रहेकी र त्यहाँस्थि क्वाटरमा बस्ने २८ वर्षीया चिकित्सक महिलामा र वीरगन्ज–११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय चिकित्सक पुरुषमा पनि संक्रमण देखिएको छ।

आज दुई जना चिकित्सकमा संक्रमण देखिएको डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। त्यसैगरी, नारायणी अस्पतालका २१, २७ वर्षका दुई स्वास्थ्यकर्मी, अस्पतालको औषधि बिक्री कक्षमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष पनि संक्रमित भएका छन्।  

कोरोना संक्रमितहरुको शवव्यवस्थापन टोलीमा खटेका नेपाली सेनाका २८, ३० र ३२ वर्षका तीन जना सिपाही पनि संक्रमित भएका छन्। एउटा अनलाइनका २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भेंटिएका छन्।

पर्साकै पोखरीया नगरपालिका–२ कि १६ वर्षे बालिका, १४ वर्षे बालक र २० वर्षे पुरुष संक्रमित छन्। उनीहरु कन्ट्याक्ट ट्रेसिङ्गमा परेर जाँच गरिएका थिए। पर्साकै जिरा भवानी गाउँपालिकाको सेढवा घर भएका २२ वर्षीय पुरुष संक्रमित देखिएका छन्। त्यसतै बाराको कलैया उप महानगरपालिकाका २९ वर्षे पुरुषर फेटा गाउँपालिकाका –४ का २८ वर्षका पुरुष गरी दुई जनामा संक्रमण भेंटिएको हो।

 

 

प्रकाशित: २० श्रावण २०७७ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App